Logo

२०८३, श्रावण २७गते


images
images

कृषि

'देशमा एक लाख ४० हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात छ'

'देशमा एक लाख ४० हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात छ'

images
  • 'देशमा एक लाख ४० हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात छ'
    images
    images

    काठमाडौं । कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हाल देशमा एक लाख  ४० हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिएकी छन् ।

    images
    images
    images

    प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिंदै मन्त्री चौधरीले चालु आर्थिक वर्षमा पाँच लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको जानकारी दिदै हाल देशमा एक लाख  ४० हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिएकी हुन् ।

    images
    images
    images

    त्यस्तै उनले चालु आर्थिक बर्षमा चार लाख ६३ हजार १०७ मेट्रिक टन मल किसानलाई विक्री गरिसकिएको जानकारी गराएकी छिन् । उनले सरकारले लागत साझेदारीका आधारमा किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको बताउदै चालु आर्थिक वर्षको असारसम्म कूल ५ लाख मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराइने समेत मन्त्री चौधरीले जानकारी गराएकी छिन् । उनले यो अहिलेसम्मकै बढी परिमाण समेत हुने दावी गरिन् । उनले मध्यपूर्वको द्वन्द्वका कारण मलको उत्पादन र आपूर्तिमा समस्या, मलको मूल्यमा उच्च वृद्धि भएको समेत मन्त्री चौधरीले बताएकी छिन् । यस परिस्थितिमा चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी मल आपूर्तिका लागि सम्झौता भइसकेको पनि मन्त्री चौधरीले जानकारी दिइन् । 

    images
    images
    images

    उनले अझै एक लाख ८७ हजार मेट्रिक टन रासायनिक मल आउन नसकेको र त्यसलाई ल्याउन पहल गरिरहेको बताउदै यस वर्षको धान रोपाइको समयमा मलको अभाव नहोस भनेर मन्त्रालयको विशेष ध्यानाकर्णष भएको समेत बताइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।