२१ बैशाख एजेन्सी- भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल)मा पनि कोरोना पसेको छ । आइपिएल खेल्ने केहि खेलाडी, कोच र खेल मैदानका कर्मचारी लगायत लाई कोरोना देखिए संगै खेल प्रभावित हुने देखिएको छ ।
सोमबार कोलकोता नाइटराइडर्सका दुई खेलाडी संक्रमित भएपछि रोयल च्यालेन्जर्ससँगको खेल स्थगित भयो । त्यस्तै मंगलबारका लागि दिल्लीस्थित फिरोज शाह कोटला मैदानका स्टाफलाई संक्रमण भएपछि मुम्बई इण्डियन्स र सनराइजरस हैदरावाद दुवै टिमको सोमबारको अभ्यास स्थगित गरेको बताइएको छ ।
कोलकाता नाइट राइडर्सका वरुण चक्रवर्ती र सन्दीप वारियरपछि चेन्नई सुपर किङ्सका तीन सदस्य पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । चेन्नई सुपर किङ्सका सिईओ काशी विश्वनाथन, बलिङ कोच एल बालाजी तथा बस क्रु को कोरोनाको रिपोर्ट पोजिटिभ आएको छ ।
यसैगरि दिल्ली क्यापिटल्सको पुरै टिमलाई आइसोलेट गरिएको रिपोर्ट पनि बाहिर आएको छ । कोलकोताको टिम पनि पाँच दिनका लागि अहमदावादमा क्वारेन्टाइनमा रहेको छ ।
दिल्लीको अरुण जेटली स्टेडियममा मंगलबार (आज) सनराइजर्स हैदराबाद तथा मुम्बई इन्डिन्सबीच खेल खेलिंदैछ ।
आइपिएलमा कोरोना कसरी पस्यो भन्ने बारे छानबिन भैरहेको छ । यसरी खेलाडी, कोच र खेल मैदान कर्मचारी लाई कोरोना पोजेटिभ देखिए संगै जारी आइपिएलको पुरै सिजन हुनेमा आशंका बढेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology