Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा राष्ट्रिय सम्मेलन सुरु, उच्च शिक्षालाई देशको आवश्यकतासँग जोड्नुपर्नेमा जोड

देवदहमा राष्ट्रिय सम्मेलन सुरु, उच्च शिक्षालाई देशको आवश्यकतासँग जोड्नुपर्नेमा जोड

images
  • देवदहमा राष्ट्रिय सम्मेलन सुरु, उच्च शिक्षालाई देशको आवश्यकतासँग जोड्नुपर्नेमा जोड
    images
    images

    देवदह । देवदहमा 'उच्च शिक्षाका नवप्रवर्तक र स्थानीय विकास' शीर्षकमा पहिलो राष्ट्रिय सम्मेलन सुरु भएको छ । देवदह आदर्श बहुमुखी क्याम्पसको आयोजना सुरु भएको सम्मेलनमा बोल्ने वक्ताहरुले उच्च शिक्षालाई देशको आवश्यकतासँग जोड्नुपर्ने बताएका छन् । 

    images
    images
    images

    कार्यक्रमका बोल्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. केशर जंग बरालले उच्च शिक्षालाई देशको आवश्यकता अनुसार पुनः उन्मुख गर्नुपर्ने बताए । उनले उच्च शिक्षाको नीति र संरचनामा परिवर्तन आवश्यक रहेको उल्लेख गरे ।

    images
    images
    images

    बरालले उच्च शिक्षा देश विकाससँग प्रत्यक्ष जोडिनुपर्नेमा जोड दिँदै देशको आवश्यकता अनुसारको शिक्षा प्रणाली र जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । उनले पाठ्यक्रमलाई विश्व बजारसँग तुलना गर्दै तयार गर्नुपर्ने आवश्यकता औंल्याए ।

    images
    images
    images

    'देशमा प्राविधिक तथा सीपयुक्त जनशक्तिको अभाव रहेको छ । दक्ष जनशक्ति अभावका कारण विदेशमा श्रम आपूर्ति बढ्दा अर्थतन्त्रमा असर परेको छ ।' उनले भने, 'रेमिट्यान्सले कुल गार्हस्थ उत्पादनमा करिब ३० प्रतिशत योगदान गर्ने अवस्था रहेको छ । यसमा सुधार आवश्यक छ ।'

    बरालले स्थानीय आवश्यकतासँग उच्च शिक्षालाई जोड्न नसक्दासम्म सुधार सम्भव नहुने बताए । विदेशमा अध्ययन गरेर फर्किने नीति निर्मातामा स्थानीय सन्दर्भको ज्ञान कमजोर हुने समस्या रहेको पनि उनले उल्लेख गरे ।

    उनले उच्च शिक्षामा नवप्रवर्तन आवश्यक रहेको र बिना नवप्रवर्तन देशको रूपान्तरण सम्भव नहुने बताए ।

    उच्च शिक्षाको ऐतिहासिक विकासबारे चर्चा गर्दै उनले १९१८ मा त्रिचन्द्र कलेज स्थापनासँगै आधुनिक शिक्षाको सुरुवात भएको र १९५९ मा त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि शिक्षा प्रणाली विस्तार भएको बताए ।

    उनले देशका अधिकांश कलेज त्रिभुवन विश्वविद्यालयसँग आवद्ध भए पनि अपेक्षित परिवर्तन हुन नसकेको बताए ।

     national conference .jpeg

    लुम्बिनी विश्वविद्यालयले इन्जिनियरिङलगायत विषय सञ्चालन गरिरहेको उल्लेख गर्दै संरचनात्मक परिवर्तन भए पनि व्यवहारिक सुधार र राजनीतिक हस्तक्षेपको समस्या कायमै रहेको बताए ।

    बरालले शिक्षा क्षेत्रमा राजनीतिक प्रभाव र विद्यार्थी तथा शिक्षक संगठनको हस्तक्षेपले समस्या सिर्जना गरेको बताए । विद्यार्थीमैत्री शिक्षा प्रणाली अभाव रहेको पनि उनले उल्लेख गरे ।

    'उच्च शिक्षा प्रणालीले रोजगारी सिर्जना गर्न नसक्दा डिग्रीधारी युवा विदेशमा न्यूनस्तरका काम गर्न बाध्य छन्' उनले भने । 

    उनले उच्च शिक्षालाई राजनीतिक भर्ती केन्द्रका रूपमा प्रयोग गरिएको टिप्पणी गरे । 

    स्थानीय विकास र उच्च शिक्षाबीच सम्बन्धबारे चर्चा गर्दै उनले विकासलाई भौतिक संरचनामा मात्र सीमित गर्न नहुने बताए । विकासका लागि शिक्षा क्षेत्रमा नवप्रवर्तन आवश्यक रहेको उनको भनाइ छ ।

    क्याम्पस व्यवस्थापन समिति अध्यक्ष बासुदेव रिमालको अध्यक्षता रहेको कार्यक्रमको उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका निवर्तमान सांसद डा. कृष्ण न्यौपाने, क्याम्पस प्रमुख जयकिसन अधिकारी, कार्यक्रम संयोजक होमनाथ शर्मा लगायतले बोलेका थिए । कार्यकमको सहजीकरण क्याम्पसका सहायक प्राध्यापक नारायण भण्डारीले गरेका थिए ।

    भोलिसम्म संचालन हुने कार्यक्रममा ४९ वटा सोधपत्र प्रस्तुत गरिने जनाइको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।