Logo

२०८३, आश्विन १०गते


images
images

गैरआवासीय नेपाली संघले गर्यो बजेटको स्वागत

गैरआवासीय नेपाली संघले गर्यो बजेटको स्वागत

images
  • गैरआवासीय नेपाली संघले गर्यो बजेटको स्वागत
    images
    images

    काठमाडौँ । गैरआवासीय नेपाली संघले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत गैरआवासीय नेपाली, वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विश्वभर फैलिएको नेपाली डायस्पोरालाई लक्षित गर्दै ल्याएका विभिन्न नीतिगत व्यवस्थाको स्वागत गरेको छ ।

    images
    images
    images

    संघले संविधानले सुनिश्चित गरेको गैरआवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्दै 'एक पटकको नेपाली, सधैँको नेपाली' भन्ने नारालाई व्यवहारमा उतार्ने सरकारी घोषणालाई ऐतिहासिक कदमको रूपमा लिएको जनाएको हो ।

    images
    images
    images

    संघका अनुसार सरकारले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गर्दै राष्ट्र निर्माणको मूलधारमा समावेश गर्ने घोषणा गरेकाले विश्वभर रहेका नेपालीमा उत्साह थपिएको छ ।

    images
    images
    images

    बजेटमार्फत गैरआवासीय नेपालीलाई नेपालको धितोपत्रको दोस्रो बजारमा सहभागी गराउने, डायस्पोरा बण्ड जारी गर्ने, स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रमा सह–लगानी प्रोत्साहन गर्ने र विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न कानुनी तथा प्राविधिक पूर्वाधार तयार गर्ने घोषणा गरिएको छ । संघले यी व्यवस्थालाई सकारात्मक र दूरगामी महत्वका रूपमा व्याख्या गरेको छ ।

    त्यस्तै, वैदेशिक रोजगारीमा रहेका तथा फर्किएका नेपाली श्रमिकको सीपलाई औपचारिक मान्यता दिने, श्रमिक सुरक्षा, बीमा, सामाजिक सुरक्षा तथा श्रम शोषण नियन्त्रणसम्बन्धी व्यवस्था गरिएकोमा पनि संघले स्वागत जनाएको छ ।

    नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई कानुनी आधार दिने सरकारी घोषणाले नयाँ पुस्ताका नेपाली युवाका लागि महत्वपूर्ण अवसर सिर्जना गर्ने विश्वास संघले व्यक्त गरेको छ ।

    संघले डायस्पोराको लगानी, ज्ञान, सीप र अन्तर्राष्ट्रिय सञ्जालको उपयोगसम्बन्धी आफूहरूले लामो समयदेखि उठाउँदै आएका विषय बजेटमार्फत सम्बोधन भएको भन्दै नेपाल सरकार, अर्थ मन्त्रालय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ ।

    सरकारले बजेटमार्फत गैरआवासीय नेपालीलाई लगानीमैत्री अध्यागमन व्यवस्था, नयाँ भिसा नीति, विदेशी लगानी स्वीकृति प्रक्रियामा सहजता, डायस्पोरा तथा हरित बण्ड जारी गर्ने व्यवस्था पनि अघि सारेको छ ।

    यस्तै, वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र पारदर्शी बनाउन श्रम सम्झौताको पुनरावलोकन, शून्य लागत रोजगारी प्रोत्साहन, श्रमिकमैत्री सेवा शुल्क, श्रमिक बीमा, सामाजिक सुरक्षा र डिजिटल गुनासो व्यवस्थापन प्रणाली लागू गर्ने नीति पनि बजेटमा समावेश गरिएको छ ।

    सरकारले औपचारिक माध्यमबाट आउने रेमिट्यान्सलाई प्रोत्साहन गर्न लट्री कार्यक्रम सञ्चालन गर्ने, वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालयमार्फत अध्ययनको अवसर दिने तथा रिटर्नी माइग्रेन्ट कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरेको छ ।

    त्यसैगरी, प्रवासी नेपालीको ज्ञान र सीप उपयोग गर्न कृत्रिम बौद्धिकता क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएका नेपाली अनुसन्धानकर्तालाई फेलोसिपमार्फत नेपाल फर्काउने योजना पनि सरकारले अघि सारेको छ ।

    गैरआवासीय नेपाली संघले घोषणा गरिएका नीतिगत व्यवस्थालाई छिटो कानुन बनाएर कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गर्दै आवश्यक सहकार्य, सुझाव र समन्वयका लागि आफूहरू सदैव तयार रहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गैरआवासीय नेपाली संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।