Logo

२०८३, आश्विन १०गते


images
images

एमाले गुल्मीद्वारा बागी उम्मेदवारमाथि अनुशासनको कारबाही

एमाले गुल्मीद्वारा बागी उम्मेदवारमाथि अनुशासनको कारबाही

images
  • एमाले गुल्मीद्वारा बागी उम्मेदवारमाथि अनुशासनको कारबाही
    images
    images

     माधव ज्ञवाली, गुल्मी । नेकपा एमाले गुल्मीले आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका एकजना उम्मेदवारलाई पार्टीबाट निष्काशन गरेको छ। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि रुरुक्षेत्र गाउँपालिका वडा न.१ मा नेकपा एमालेबाट उठाइएका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका  रामलाल विकलाई पार्टीले कारबाही गरेको हो। 

    images
    images
    images

    स्वतन्त्र उम्मेदवार विकलाई एमालेको  विधान को धारा ८ को उपधारा `१´ को `ख´ बमोजिम पार्टीको साधारण सदस्य समेत  नरहने गरी कारबाही  गरिएको नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछा द्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको  छ।  कारबाहीमा परेका वि.क नेकपा एमालेबाटै गत निर्वाचनमा निर्वाचित वडा  अध्यक्ष समेत हुन्  । मिति २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिई प्रचारप्रसारमा लागेको भन्दै रुरुक्षेत्र गाउँपालिका कमिटीले कारबाहीको लागि जिल्लामा सिफारिस गरेको थियो।
    विकले भने ५ बर्षमा आफुले गरेको कामको मूल्याकंन नै नगरी राजनैनिक पहुँचका भरमा पार्टीले अर्कैलाई उम्मेदवारी दिएको र आफुलाई पहिलेदेखि नै विभिन्न समयमा पार्टीले असहयोग गर्दै आएको बताउँदै वडा अध्यक्ष पदबाट राजिनमा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए। विक पुतली चुनाव चिन्ह लिएर चुनावमा भिड्दै छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।