Logo

२०८३, आश्विन १०गते


images
images

इङल्याण्डका पूर्व फुटबलर स्टर्लिङ पक्राउ

इङल्याण्डका पूर्व फुटबलर स्टर्लिङ पक्राउ

images
  • इङल्याण्डका पूर्व फुटबलर स्टर्लिङ पक्राउ
    images
    images

    काठमाडौँ । इङल्याण्डका पूर्व अन्तर्राष्ट्रिय फुटबलर रहीम स्टर्लिङ लागूऔषध सेवन गरेर सवारी चलाएको आशंकामा पक्राउ परेका छन् ।

    images
    images
    images

    ३१ वर्षीय स्टर्लिङ आफ्नै लाम्बोर्गिनी कार दुर्घटनामा परेपछि पक्राउ गरिएको बताइएको छ । दक्षिणतर्फ जाने एम–३ मोटरमार्गमा मिन्ली इन्टरचेन्ज नजिक उनको कार सडकको सुरक्षात्मक बारमा ठोक्किएको थियो । दुर्घटनामा अन्य कुनै सवारीसाधन संलग्न नभएको र मानवीय क्षति पनि नभएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार स्टर्लिङमाथि लागूऔषध सेवनपछि सवारी चलाएको, खतरनाक ढंगले सवारी चलाएको, निषेधित लागूऔषध राखेको तथा परीक्षणका लागि नमुना दिन अस्वीकार गरेको आरोपमा अनुसन्धान भइरहेको बताएको ब्रिटिश मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई धरौटीमा रिहा गरिएको भएपनि घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।

    images
    images
    images

    एक समय म्यानचेस्टर सिटीका प्रमुख खेलाडीमध्ये रहेका स्टर्लिङ पछिल्ला वर्षहरूमा भने कठिन समयबाट गुज्रिरहेका छन् । चेल्सी र आर्सनलमा अपेक्षित प्रदर्शन गर्न नसकेपछि उनले हालै फेयनूर्डबाट छोटो अवधिको सम्झौतामा खेलेका थिए । धरौटीमा रिहा भएका स्टर्लिङ अहिले प्रहरी अनुसन्धानको नतिजा र आफ्नो फुटबल भविष्य दुवैको प्रतीक्षामा रहेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।