देवदह । बालबालिकामा नैतिकता, अनुशासन र सकारात्मक जीवनदृष्टि विकास गर्ने उद्देश्यले देवदहमा आयोजित संस्कार शिक्षा तथा स्वजागरण कार्यक्रममा वक्ताहरूले शिक्षाले मनमा करुणा, हातमा सीप र दिमागमा ऊर्जा दिन नसके त्यो वास्तविक शिक्षा हुन नसक्ने बताएका छन् ।
कार्यक्रमका प्रमुख प्रशिक्षक राष्ट्रिय संस्कार शिक्षा अभियन्ता डा. स्वामी केशवानन्दले संस्कारयुक्त शिक्षाले व्यक्तित्व निर्माणका साथै समाजलाई सकारात्मक दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले ज्ञानसँगै मानवीय मूल्य, करुणा र व्यवहारिक सीपको विकास आवश्यक रहेको उल्लेख गरे ।
आध्यात्मिक तथा बाल संस्कार शिक्षा अभियन्ताहरुले संस्कार शिक्षाको आवश्यकता र महत्वबारे प्रकाश पार्दै बालबालिकाको सर्वाङ्गीण विकासका लागि परिवार, विद्यालय र समाजको संयुक्त प्रयास आवश्यक रहेको बताए ।
कार्यक्रममा युगज्योति माविका प्रधानाध्यापक यमलाल अर्याल, दन्त चिकित्सक डा. सिर्जना चापागाईं पाण्डे, केरवानी माविका अर्जुन गौतम, युगज्योति माविकी शिक्षक शोभा घिमिरे, पर्शुराम न्यौपाने, नमकान्त पाण्डे तथा दुर्गा बहादुर क्षेत्रीले संस्कार शिक्षा र स्वजागरणका विविध पक्षबारे धारणा राखेका थिए ।
जीवन विज्ञान केन्द्रीय शिक्षा विभागका सदस्य दुर्गा बहादुर क्षेत्रीले स्वजागरण कार्यक्रम सञ्चालन गर्दै आत्मचिन्तन, सकारात्मक सोच र जीवन व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सुन्दर भण्डारीको समेत सहभागिता रहेको थियो । खड्ग माध्यमिक विद्यालयका प्रधानाध्यापक बाबुराम बस्नेतले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।
वडा बाल सञ्जाल देवदह–५ की अध्यक्ष सिर्जना गैरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology