Logo

२०८३, आश्विन १०गते


images
images

कालीगण्डकीमा माओवादीकेन्द्र र एमालेबिच चुनावी तालमेल, भन्छन्, 'वर्गीय मायाले भेट भाे'

कालीगण्डकीमा माओवादीकेन्द्र र एमालेबिच चुनावी तालमेल, भन्छन्, 'वर्गीय मायाले भेट भाे'

images
  • सेतोमसी सहकर्मी
  • कालीगण्डकीमा माओवादीकेन्द्र र एमालेबिच चुनावी तालमेल, भन्छन्, 'वर्गीय मायाले भेट भाे'
    images
    images

    कृष्ण अन्जान, गुल्मी ।  गुल्मी जिल्लाकाे  कालिगण्डकी गाउँ पालिका अर्बेनी पुग्दा माओवादी केन्द्र र एमालेका कार्यकर्ताहरु चुनावी सभाकाे तयारीमा जाेडताेडले खट्दै गरेका देखिए ।

    images
    images
    images

    केहि क्षणमै एमाले निकट राष्ट्रिय युवासँघ र माओवादी केन्द्र निकट वाईसीएल नेपालका युवाहरु सम्मिलित माेटर साईकलकाे जुलुस कालिगण्डकी गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्षका उम्मेदवार रामजी ढकाल र मन्जु दर्लामीलाई  अगाडी राखेर सभा स्थलमा आइपुग्दा त्यहाँ उपस्थिति ठुलाे जनसमुदाय उत्साहित देखिए ।

    images
    images
    images

    देशैभरि माओवाद केन्द्र एमालेका विरुद्ध काँग्रेस लगाएतका दलहरुसँग गठबन्धन गरेर स्थानीय निर्वाचनमा हाेमिएकाे छ । तर यहि गठबन्धनलाई चिर्दै गुल्मी जिल्लाका दुई गाउँपालिका धुर्काेट र कालिगण्डकी गाउँपालिकामा भने एमाले र माओवादीविच चुनावी एकता कायम छ ।

    images
    images
    images

    चुनावी सभामा आफ्नो धारणा राख्दै नेकापा माओवादी केन्द्रकी नेतृ तर सूर्य चिन्हबाट उपाध्यक्ष पदकी उम्मेदवार मन्जु दर्लामीले जनताकाे आवस्यकता र चाहनाले चुनावि तालमेल भएकाे र मुख्यरुपले कालिगण्डकी गाउँपालिकामा दिगाे विकास आफ्नो अभिष्ट रहेकाे बताईन् । यतिबेला म सूर्य चिन्हबाट उम्मेदवार बनेकी छु हामी बिच वर्गीय मायाँ छ र यहि वर्गिय मायाले हामीलाई एक ठाउँमा उभ्याएको छ उनकाे भनाई थियाे ।
     
    कालीगण्डकीमा याे तालमेल वाम एकताकाे पहलमा एउटा आयाम त छँदैछ सँगै गाउँपालिकाकाे विकासका लागि अपरिहार्य आवस्यकता हाे गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रामजी ढकालको भनाइ छ । मानिसले  विगतलाई सच्याउन सक्दैन तर वर्तमानमा एउटा असल निर्णय गर्न सक्छ । त्यहि विगत सच्याउँदै कालीगण्डकीकाे समग्र विकासका लागि हामीले याे तालमेल गरेका हौँ ढकालले भने ।

    कालीगण्डकी गाउँपालिकामा दुवैदलका कार्यकर्ताहरु साझा प्रतिबद्धता  र आपस सद्भाव, वर्गिय एकताका साथ चुनावी माेर्चामा रहेको, उनीहरुका मन मिलेका र गाउँकाे विकासका लागि एजेन्डा मिलेकाको निर्वाचनमा होमीएका युवाहरूको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।