रामचन्द्र तिम्सिना, नुवाकोट । जिल्ला प्रशासन कार्यालयले आज बिहान ४ बजेदेखि नुवाकोटमा गरेको निशेधाज्ञा र निर्देशनको पालना सामरी प्रहरी चौकीले पनि गरेको छ।
मध्यपहाडी लोकमार्गमा बिहानै देखि सार्वजनिक सवारी साधनहरु चलेका छैनन् ।फाट्टफुट्ट चलेका मोटरसाइकल र सामन बोक्ने गाडीहरु गुडेका भएपनी अत्यावश्यक काम बाहेकका सवारीसाधनहरुलाई फर्काईएको छ ।
सेतोमसीसंगको कुराकानीका क्रममा सामरी प्रहरी चौकीका इन्चार्ज जिबि रानाले खाद्यान्न र निर्माण ढुवानीका साधनहरुलाई भने बिवरण खुल्ने पास देखाएको खण्डमा छोडिएको जनाउनु भयो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology