गणेश भुसाल, स्याङजा । "कुरा होइन कर्म गरौं, आफ्नै देशमा श्रम गरौं" भन्ने नारालाई अंगाल्दै आएका स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नं १४ का मेहनती कृषक धनु डुम्रे अहिले कृषि खेतीमा आकर्षित हुँदै आएका छन् ।
हामी नेपालीहरु नेपाल छाडेर खाडी मुलुकमा गएर पसिना बगाएर श्रम गर्छौ। आखिर कति वर्षका लागि ? एक दिन त आफ्नै मुलुकमा आएर केही गर्नु नै पर्छ। यसै सोंचलाई आत्मसात गरी लामो समयसम्म खाडी मुलुक ओमनमा काम गरेर फर्किएका कृषक डुम्रे अहिले भने आँफैले रोजेको कामबाट निकै खुसी भएको बताउँछन्
हजुरले किन कृषि पेशा नै रोज्नु भयो त? भन्ने प्रश्नको उत्तर दिँदै उनले भने ' हामी बाहिर मात्र भन्छौ तर आफ्नै देशमा पनि पैसा कमाउने बाटा धेरै रहेछन्। मैले नबुझेर पो रहेछ। अहिले बुज्दै जाँदा त कृषि खेतीमा धेरै राम्रो रहेछ"।
ओमनबाट फर्केपछी कृषि खेतीमा लागेका डुम्रेले अत्याधिक कमाइ कृषिमा नै हुन थालेपछी अब बिदेश नजाने बताउँछन्।
झन्डै ८ रोपनि जग्गामा तरकारी खेती गर्दै आएका डुम्रेले अहिले मनग्य आम्दानी गर्दै आएका छन्।
तरकारी खेतीमा आकर्षित बन्दै आएका डुम्रेले प्रतिबर्ष ७ लाख बराबरको आम्दानी गर्दै आएको बताउँछन्। यसरी आफ्नै परिवार सङै बसेर काम गर्न पाउँदा निकै खुसी लागेको बताउँछन् डुम्रे।
डुम्रेले तरकारी साथ साथै लोकल कुखुरा पालन समेत गर्दै आएका छन्। झन्डै ७०० लोकल कुखुरा समेत पाल्दै आएका डुम्रेले यसबाट पनि धेरै राम्रो आम्दानी हुने बताउँछन्।
पछिल्लो समय स्याङजा जिल्लामा यसरी कृषि खेतीमा धेरै आकर्षित हुँदै आएका छन्। अहिले कृषि पेशा गर्नेलाई सरकारका तर्फबाट पनि केही राहत मिल्दै आएको छ।
हाल युवाहरुको ध्यान पनि कृषि क्षेत्रमा आकर्षित हुँदै आएको देखिन्छ। कृषि खेतीमा राम्रो आम्दानी हुने भएपछि अहिले नेपालका धेरै जिल्लामा कृषि पेशा मौलाउँदै गएको देख्न सकिन्छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology