Logo

२०८३, आश्विन १२गते


images
images

प्रतिनिधि सभा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुदैन

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुदैन

images
  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुदैन
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटप्रति टिप्पणी गर्दै फुकेको बेलुनको संज्ञा दिएका छन् ।

    images
    images
    images

    बुधबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै सांसद सिंहले बजेटमा करिब ७ खर्बको घाटाको बजेट ल्याएको भन्दै यो हावा भरेको बजेट भएको टिप्पणी गरेका हुन् ।

    images
    images
    images

    उनले भने- 'दक्षिण एशियामा कुनै देशनै छैन जहाँ ३२-३३ प्रतिशत जीडीपीको बजेट बनाइन्छ, यो आफैमा ठुलो फुकिएको बेलुन हो । फुकिएको बेलुन यो धेरै टिक्दैन, यो कार्यान्वयन हुदैन, अरुलाई विश्वास भएपनि मलाई विश्वास छैन ।'  

    images
    images
    images

    उनले बजेटबाट कति प्रतिशत जनता खुशी भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई यस्तो प्रश्न गरेका छन् ।

    उनले संविधानले शिक्षा र स्वास्थ्य मौलिक हक भएको भन्दै त्यसमा कर लगाउने काम गरेको भन्दै बजेटको आलोचना गरेका छन् । सिंहले अर्थमन्त्री बुढानिलकण्ठको विद्यार्थी भएको भन्दै आफुले सात प्रदेशमा आवासीय विद्यालयको अवधारणा बजेटमा आउने अपेक्षा गरेपनि त्यस्तो कुनै कार्यक्रम नआएको टिप्पणी गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।