Logo

२०८३, आश्विन ९गते


images
images

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

images
  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
    images
    images

    काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक बस्दैछ ।

    images
    images
    images

    आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको 'अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यस्तै आज सन्धीसम्बन्धी कार्य अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हाली रहेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले 'अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ नं. ८१' तथा 'अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९' पेस गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।