Logo

२०८३, आश्विन ९गते


images
images

फिफा विश्वकप

विश्वकपमा भोली बिहान उरुग्वेलाई चुनौती दिने तयारीमा केप भर्डे

विश्वकपमा भोली बिहान उरुग्वेलाई चुनौती दिने तयारीमा केप भर्डे

images
  • विश्वकपमा भोली बिहान उरुग्वेलाई चुनौती दिने तयारीमा केप भर्डे
    images
    images

    काठमाडौँ । उरुग्वे र केप भर्डे दुवैले आ-आफ्नो पहिलो खेलमा अप्रत्याशित नतिजा निकालेपछि समूह एच पूर्ण रूपमा खुला बनेको छ । अब भोली बिहान हुने विश्वकप खेल दुवै टोलीका लागि निकै निर्णायक हुने देखिएको छ ।

    images
    images
    images

    अमेरिकाको मियामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार भोली विहान ३: ४५ बजेदेखि शुरु हुनेछ ।   

    images
    images
    images

    केप भर्डेले आफ्नो विश्वकप डेब्यु खेलमै स्पेनलाई गोलरहित बराबरीमा रोक्दै ठूलो आश्चर्य दिएको थियो । खेलभर स्पेनले २७ वटा प्रहार गरे पनि केप भर्डेले मजबुत र अनुशासित रक्षा प्रदर्शन गर्दै खेल बराबरीमा टुंग्याएको हो ।

    images
    images
    images

    अर्कोतर्फ उरुग्वेले पनि आफ्नो पहिलो खेलमा २७ पटक गोल प्रयास गरे पनि साउदी अरेबियासँग १-१ को बराबरीमा रोकियो। उरुग्वेलाई खेलको अन्त्यतिर मात्रै म्याक्सी अराउजोको गोलले हारबाट जोगाएको थियो ।

    केप भर्डेले पहिलो खेलमा देखाएको रक्षात्मक रणनीति सफल भएकाले यो खेलमा पनि उनीहरू गहिरो रक्षात्मक खेल खेल्ने अपेक्षा गरिएको छ ।

    केप भर्डेका अनुभवी गोलरक्षक भोझिन्हाले स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै सातवटा बचाउ गरेका थिए । ४० वर्षका उनी आफ्नो अनुभवले टोलीलाई ठूलो भरोसा दिएका छन् । रक्षापंक्तिमा पिको लोपेसले पनि उत्कृष्ट भूमिका निभाएका थिए। उनले धेरै बल रोक्ने र खतरनाक अवस्था हटाउने काम गरेका थिए ।

    उरुग्वेको तर्फबाट पनि म्याक्सी अराउजो नै मुख्य खेलाडी बनेका छन्। उनले गोलसँगै धेरै अवसर सिर्जना गरेका थिए । नयाँ भूमिकामा सेन्टर डिफेन्डरका रूपमा खेलेका माथियास ओलिभेराले पनि राम्रो प्रदर्शन गरेका थिए । तर उरुग्वेको गोलरक्षक फर्नान्डो मुस्लेराको गल्तीले साउदी अरेबियालाई अग्रता लिन अवसर दिएको थियो। यो खेलमा पनि गोलरक्षक छनोटबारे प्रशिक्षकको निर्णय महत्वपूर्ण हुने देखिन्छ।

    तथ्यांक अनुसार उरुग्वे समूह चरण पार गर्ने बलियो सम्भावना राख्छ, तर पहिलो खेलको बराबरीपछि उनीहरूलाई जित आवश्यक छ । उरुग्वेले पछिल्ला विश्वकप समूह खेलहरूमा राम्रो प्रदर्शन गर्दै आएको छ, तर गोल गर्ने क्षमतामा अझ सुधार आवश्यक देखिएको छ ।

    दुवै टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन्। उरुग्वेले अफ्रिकी टोलीविरुद्ध अहिलेसम्म हार नखेपेकाले इतिहास पनि उनीहरूको पक्षमा छ । तर केप भर्डेको स्पेनविरुद्धको प्रदर्शनले यो खेलमा कुनै पनि नतिजा सम्भव छ भन्ने सन्देश दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।