काठमाडौँ । नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयले कञ्चनपुरस्थित राष्ट्रिय मनिचेञ्जर प्रालिको मनिचेञ्जर कारोबारको इजाजतपत्र खारेज गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार भीमदत्तनगर-४, महेन्द्रनगर, कञ्चनपुरमा रहेको राष्ट्रिय मनिचेञ्जर प्रालिले नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम आफ्नो मनिचेञ्जर कारोबार बन्द गर्न निवेदन दिएको हो ।
सोही विनियमअनुसार उक्त संस्थाको मनिचेञ्जर कारोबार बन्द गरी इजाजतपत्र खारेज गर्नुपर्ने भएकाले सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक सूचना जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले राष्ट्रिय मनिचेञ्जर प्रालिसँग कसैको कुनै प्रकारको लेनदेन, दाबी वा अन्य सरोकार भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।
यो सूचना नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ को उपविनियम (२) बमोजिम प्रकाशित गरिएको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology