Logo

२०८३, आश्विन १०गते


images
images

भेनेजुएला भूकम्प

भेनेजुएलामा भूकम्पबाट मृत्यु संख्या १६४ पुग्यो, ९७१ जना घाइते

भेनेजुएलामा भूकम्पबाट मृत्यु संख्या १६४ पुग्यो, ९७१ जना घाइते

images
  • भेनेजुएलामा भूकम्पबाट मृत्यु संख्या १६४ पुग्यो, ९७१ जना घाइते
    images
    images

    काठमाडौँ । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछि ज्यान गुमाउनेको संख्या कम्तीमा १६४ पुगेको छ भने ९७१ जना घाइते भएका छन्।

    images
    images
    images

    कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अपडेट दिदै उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको वास्तविक संख्या अझ बढी हुन सक्ने बताएकी हुन् । धेरै भवन भत्किएका तथा क्षतिग्रस्त भएकाले अझै कैयौं मानिस हराइरहेको अनुमान गरिएको छ ।

    images
    images
    images

    रोड्रिगेजका अनुसार मुख्य दुई भूकम्पपछि हालसम्म कम्तीमा ३० वटा परकम्पन महसुस गरिएको छ, जसले उद्धार कार्यलाई थप चुनौतीपूर्ण बनाएको छ ।

    images
    images
    images

    राज्य सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले उद्धार टोली परिचालनका लागि संयुक्त राष्ट्रसंघसँग समन्वय भइरहेको बताइन् । साथै, देश पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग प्रारम्भिक २० करोड अमेरिकी डलरको कोष स्थापना गर्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिइन् । उनले उद्धार कार्यमा आवश्यक पर्ने भारी उपकरण उपलब्ध गराउन निजी क्षेत्रसँग समेत सहयोगको अपिल गरेकी छन् ।

    रोड्रिगेजले नागरिकलाई शान्त रहन, एकताबद्ध हुन तथा घर सुरक्षित अवस्थामा भए त्यहीँ बस्न आग्रह गरेकी छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।