Logo

२०८३, आश्विन १०गते


images
images

विश्वकपमा समुह 'एच' का अन्तिम खेल भोली बिहान, कस्तो छ नकआउटको समीकरण ?

विश्वकपमा समुह 'एच' का अन्तिम खेल भोली बिहान, कस्तो छ नकआउटको समीकरण ?

images
  • विश्वकपमा समुह 'एच' का अन्तिम खेल भोली बिहान, कस्तो छ नकआउटको समीकरण ?
    images
    images

    काठमाडौँ । जारी फिफा विश्वकप अन्तर्गत समूह ‘एच’को अन्तिम खेलमा भोली बिहान हुदैछन् । नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि उरुग्वे र स्पेन तथा केप भर्डे र साउदी अरेबिया खेल्दैछन्  । 

    images
    images
    images

    यसअघि स्पेनले अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको छ भने उरुग्वे, केप भर्डे र साउदी अरेबिया बाँकी एक स्थानका लागि प्रतिस्पर्धामा छन् ।  स्पेन दुई खेलबाट चार अंकसहित समूहको शीर्ष स्थानमा छ । केप भर्डे र उरुग्वेका समान दुई-दुई अंक छन् भने साउदी अरेबियाको एक अंक छ । यस समूहको अन्तिम खेलले दोस्रो टोलीको टुंगो लगाउनेछ ।

    images
    images
    images

    स्पेन यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । उरुग्वेले स्पेनलाई हराएमा पाँच अंकसहित अन्तिम ३२ मा पुग्नेछ ।

    images
    images
    images

    यदि उरुग्वे र स्पेन बराबरीमा रोकिए भने उरुग्वेको तीन अंक हुनेछ। त्यस अवस्थामा केप भर्डे र साउदी अरेबियाबीचको खेलको नतिजाले निर्णय गर्नेछ । केप भर्डेले जिते पाँच अंकसहित अघि बढ्नेछ। बराबरी भए दुवै टोलीको तीन-तीन अंक हुनेछ र गोलअन्तर तथा अन्य मापदण्डका आधारमा टोली छनोट हुनेछ । साउदी अरेबियाले जिते चार अंकसहित अन्तिम ३२ मा स्थान बनाउनेछ ।

    यदि स्पेनले उरुग्वेलाई पराजित गर्‍यो भने उरुग्वे दुई अंकमै रोकिनेछ । त्यस अवस्थामा केप भर्डेले जिते पाँच अंकसहित र साउदी अरेबियाले जिते चार अंकसहित अन्तिम ३२ मा पुग्नेछन् । केप भर्डे र साउदी अरेबिया बराबरीमा रोकिए केप भर्डे तीन अंकसहित दोस्रो स्थानमा रहन सक्ने सम्भावना हुनेछ, तर त्यसका लागि गोलअन्तर निर्णायक बन्न सक्छ।

    मार्सेलो बिएल्साको टोली उरुग्वेले साउदी अरेबिया र विश्वकपमा पहिलोपटक खेलेको केप भर्डेविरुद्ध लगातार बराबरी खेलेपछि आफूलाई कठिन अवस्थामा पुर्‍याएको छ । दुवै खेल जित्न सक्ने अवस्थामा पनि अंक बाँड्नुपर्दा उरुग्वेमाथि अन्तिम खेल जित्नैपर्ने दबाब सिर्जना भएको छ । उरुग्वे लगातार दोस्रो विश्वकपमा समूह चरणबाटै बाहिरिने जोखिममा छ । टोलीले यसअघि सन् २०२२ मा पनि समूह चरण पार गर्न सकेको थिएन । मेक्सिकोमा उरुग्वेको विश्वकप इतिहास पनि खासै उत्साहजनक छैन । त्यहाँ खेलेका पछिल्ला नौ विश्वकप खेलमध्ये उसले एक खेल मात्र जितेको छ ।

    स्पेनले पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेले पनि दोस्रो खेलमा साउदी अरेबियालाई ४-० ले हराउँदै आफ्नो वास्तविक स्तर देखाएको थियो ।

    त्यस खेलमा लामिन यमलले गोलको खाता खोलेका थिए । स्पेन पछिल्ला तीन विश्वकप खेलमा गोल नखाएको टोली हो । यदि उरुग्वेविरुद्ध पनि गोल नखाए समूह चरणभर कुनै गोल नखाने उपलब्धि हासिल गर्नेछ । पछिल्ला चार विश्वकप खेलमा स्पेनले विपक्षीबाट जम्मा २१ प्रहार मात्र सामना गरेको तथ्यले उसको रक्षापंक्ति कति मजबुत छ भन्ने देखाउँछ ।

    स्पेनका युवा फरवार्ड यमल साउदी अरेबियाविरुद्ध गोल गर्दै विश्वकप इतिहासका सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीमध्ये एक बनेका थिए । उनले उरुग्वेविरुद्ध पनि गोल गर्न सके लगातार दुई विश्वकप खेलमा गोल गर्ने किशोर खेलाडीको दुर्लभ सूचीमा स्थान बनाउनेछन् । विश्वकपमा यी दुई टोलीबीच यो तेस्रो भेट हुनेछ। यसअघि सन् १९९० मा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो भने सन् १९५० मा उनीहरूले २-२ को बराबरी खेलेका थिए। त्यसैले विश्वकपमा दुवै टोलीबीच अहिलेसम्म कुनै पनि खेलको स्पष्ट विजेता निस्किएको छैन ।

    अर्कोतर्फ करिब पाँच लाख ३० हजार जनसंख्या भएको केप भर्डेले पहिलो विश्वकपमै प्रभावशाली प्रदर्शन गरेको छ । पहिलो खेलमा स्पेनलाई गोलरहित बराबरीमा रोक्यो भने दोस्रो खेलमा उरुग्वेसँग २-२ को बराबरी खेल्दै सबैको ध्यान तानेको थियो । यदि केप भर्डे साउदी अरेबियासँग पराजित भएन भने विश्वकपको पहिलो सहभागितामै समूह चरणमा अपराजित रहने तेस्रो अफ्रिकी राष्ट्र बन्नेछ । लगातार तीन खेल बराबरी गर्ने दुर्लभ कीर्तिमान पनि उसले बनाउन सक्छ ।

    साउदी अरेबियाले पहिलो खेलमा उरुग्वेसँग १-१ को बराबरी खेले पनि दोस्रो खेलमा स्पेनसँग ४-० को हार बेहोरेको थियो। त्यसैले अन्तिम ३२ पुग्न उसलाई केप भर्डेविरुद्ध जित अनिवार्य छ ।

    साउदी अरेबियाले विश्वकपका पछिल्ला १८ खेलमध्ये दुई खेल मात्र जितेको छ। टोलीले पछिल्ला १८ विश्वकप खेलमध्ये कुनै पनि खेलमा विपक्षीलाई गोल गर्नबाट रोक्न सकेको छैन। यस विश्वकपमा पनि उसले दुई खेलमा ४९ प्रहार सामना गर्दा आफैंले जम्मा १० प्रहार मात्र गरेको छ। केप भर्डे र साउदी अरेबियाबीच यो पहिलो आधिकारिक भेट हुनेछ। विश्वकपमा भने साउदी अरेबियाले यसअघि अफ्रिकाका पाँच फरक टोलीसँग खेलिसकेको अनुभव बोकेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।