देवदह । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै देवदह नगरपालिकाले नगरभित्र सञ्चालित सबै विद्यालयमा विदा दिने निर्णय गरेको छ ।
शुक्रबार सूचना जारी गर्दै नगरपालिकाले सूचना १७ गते बुधबारसम्म सबै विद्यालय (बालविकास केन्द्र र मन्टेसरीसमेत) मा नियमित पठनपाठन बन्द गर्न निर्देशन दिएको हो ।
शिक्षा अधिकृत पर्शुराम ढकालद्वारा जारी सूचनाअनुसार अत्यावश्यक प्रशासनिक कामबाहेक विद्यालयमा विद्यार्थीको उपस्थितिमा हुने सबै प्रकारका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप बन्द रहनेछन् ।
नगरपालिकाले गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology