Logo

२०८३, आश्विन १०गते


images
images

चुनावमा धक्का खायौं तर समाप्त भएका छैनौं : ओली

चुनावमा धक्का खायौं तर समाप्त भएका छैनौं : ओली

images
  • चुनावमा धक्का खायौं तर समाप्त भएका छैनौं : ओली
    images
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा धक्का खाएको बताउदै समाप्त नभएको बताएका छन् । 

    images
    images
    images

    जननेता मदन भण्डारीको ७५औ जन्मजयन्ती समारोहमा बोल्दै ओलीले चुनावमा धक्का खाएको बताउदै समाप्त नभएको बताए ।

    images
    images
    images

    उनले भने- 'अहिले चुनावमा हामीले धक्का खाएका छौं । यो धक्का हो तर हामि समाप्त भएका छैनौं । धक्का खानु र समाप्त हुनु एउटा कुरा हो । हामी अहिले लडेका हौँ मरेका हैनौं । फेरी उठ्छौं र प्रतिक्रियावादीलाई पराजित गर्छौं ।'

    images
    images
    images

    ओलीले सरकारको आलोचना गर्दै बोलाएको संसद रोकेर अध्यादेश जारी गरेको आरोप लगाउदै सरकारका गैरसंबैधानिक काम रोक्न बामपन्थी शक्ति एक हुनुपर्ने बताए । ओलीले आफुहरु संक्रीणता नराख्ने र असम्भव कुराहरुप्रति उदार समेत नरहेको बताउदै सरकारका असंबैधानिक क्रियाकलाप रोक्न पनि एक हुनुपर्ने बताए ।

    उनले काँग्रेस फुटेको उल्लेख गर्दै अन्य दललाई पनि फुटाउने प्रयास गरिएको दाबि गरेका छन् । एमाले बलियो र एकताबद्ध पार्टी भएको बताउदै आफ्ना उद्देश्यप्रति सचेत र सजक रहेको र कसैले हात हाल खोज्दैमा त्यस्ता कुरालाई पराजित गर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।