Logo

२०८३, आश्विन १०गते


images
images

भारतविरुद्धको टी- २० सिरिजमा आयरल्याण्डको ऐतिहासिक क्लीन स्वीप

भारतविरुद्धको टी- २० सिरिजमा आयरल्याण्डको ऐतिहासिक क्लीन स्वीप

images
  • भारतविरुद्धको टी- २० सिरिजमा आयरल्याण्डको ऐतिहासिक क्लीन स्वीप
    images
    images

    काठमाडौँ । आयरल्यान्डले रोमाञ्चक प्रतिस्पर्धामा भारतविरुद्धको टी- २० सिरिज क्लीन स्वीप गरेको छ ।

    images
    images
    images

    गएराती समपन्न सिरिजको दोस्रो टी- २० खेलमा आयरल्याण्डले भारतलाई १ रनले पराजित गर्दै दुई खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो । 

    images
    images
    images

    आयरल्याण्डले दिएको १५५ रनको लक्ष्य पछाएको भारतले २० ओभरमा ९ विकेट गुमाउदै १५३ रन बनाएको थियो ।  टी- २० विश्व विजेता भारतविरुद्ध आयरल्यान्डले पहिलो पटक कुनै पनि द्विपक्षीय सिरिज जित्न सफल भएको हो।

    images
    images
    images

    पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो । १५५ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो र १ रनको झिनो अन्तरले हार बेहोर्न पुग्यो ।

    श्रेयस अय्यरको कप्तानीमा भारतको यो पहिलो सिरिज थियो । तर टोलीले दुवै खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा निराशाजनक नतिजा व्यहोर्नुपर्‍यो ।  विशेषगरी लगातार दोस्रो खेलमा भारतीय ब्याटिङ पूर्ण रूपमा असफल देखियो ।
    यस हारसँगै भारतको टी- २० क्रिकेटमा लामो समयदेखि कायम रहेको अपराजित यात्रा पनि अन्त्य भएको छ । भारतले सन् २०२३ अगस्ट १८ देखि सन् २०२६ जनवरी ३१ सम्म कम्तीमा दुई खेलको कुनै पनि द्विपक्षीय टी- २० सिरिज गुमाएको थिएन ।

    आयरल्यान्डले विश्व विजेता भारतको लगातारको विजयी लय तोड्नुका साथै भारतको लगातार १६ द्विपक्षीय टी- २० शृङ्खला जित्ने ऐतिहासिक सिलसिलासमेत अन्त्य गरिदिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।