Logo

२०८३, कार्तिक २८गते


images
images

स्वर्णिम सगरमाथा कलेजमा एडभान्स वेबसाइट डेभलपमेन्ट तालिम सुरु

स्वर्णिम सगरमाथा कलेजमा एडभान्स वेबसाइट डेभलपमेन्ट तालिम सुरु

images
  • स्वर्णिम सगरमाथा कलेजमा एडभान्स वेबसाइट डेभलपमेन्ट तालिम सुरु
    images

    देवदह । रुपन्देहीको देवदह–७, शितलनगरस्थित स्वर्णिम सगरमाथा कलेजमा तीन दिने एडभान्स वेबसाइट डेभलपमेन्ट तालिम सुरु भएको छ । विद्यालय विदाको अवसरलाई सदुपयोग गर्दै सोमवारदेखि तालिम सुरु गरिएको क्याम्पस प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 

    images
    images
    images


    आज नवप्रवर्तन, भोलि प्रेरणा (Innovate Today, Inspire  Tomorrow) भन्ने मूल नारासहित स्वर्णिम आईटी क्लबको आयोजनामा सुरु भएको तालिममा कक्षा ११ र १२ का करिब १२ जना विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

    images
    images
    images

    असार १७ गतेसम्म सञ्चालन हुने तालिमको पहिलो दिन फ्रन्टइन्ड वेब डेभलपमेन्टको आधारभूत ज्ञानमा केन्द्रित प्रशिक्षण दिइएको छ । प्रशिक्षकले HTML5 को डकुमेन्ट आर्किटेक्चर, सिमान्टिक संरचना, विभिन्न HTML एलिमेन्ट तथा ट्यागहरूको प्रयोगबारे प्रशिक्षण दिए । साथै प्रयोगात्मक (Hands-on) सत्रमार्फत विद्यार्थीहरूले आफैं वेबपेजको आधारभूत संरचना तयार गर्ने अभ्यास गरेका छन् ।

    images
    images

    तालिममा कलेजका कक्षा ११-१२ कोर्डिनेटरसमेत रहेका UX/UI Designer तथा Front-End Developer दीपेश विक्रम मल्लले प्रशिक्षण दिइरहेका छन् । उनले वेब डेभलपमेन्ट क्षेत्रमा आवश्यक सीपलाई व्यवहारिक अभ्याससँग जोडेर सिकाइ अघि बढाइएको बताए ।

    आगामी दुई दिनमा Advanced CSS3, Responsive Web Design तथा Real-World Project Development सम्बन्धी व्यवहारिक प्रशिक्षण सञ्चालन गरिने जनाइएको छ । 

    सूचना प्रविधि क्षेत्रमा विद्यार्थीहरूको सीप अभिवृद्धि गर्दै व्यावसायिक क्षमता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको स्वर्णिम आईटी क्लबले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।