Logo

२०८३, आश्विन १०गते


images
images

कांग्रेस-माओवादी गठबन्धनलाई पराजित गर्दै सुनवलमा एमाले विजयी

कांग्रेस-माओवादी गठबन्धनलाई पराजित गर्दै सुनवलमा एमाले विजयी

images
  • कांग्रेस-माओवादी गठबन्धनलाई पराजित गर्दै सुनवलमा एमाले विजयी
    images
    images

    सुनवल । सुनवल नगरपालिकामा नेकपा एमालेका उम्मेदवार बिमला अर्याल नगरप्रमुख र उपप्रमुख सुर्य दुवे विजयी भएका छन् । माओवादी कांग्रेसको गठवन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवार विजय भएका हुन्।

    images
    images
    images

    निर्वाचित अर्यालले आफ्ना निकटम प्रतिस्पर्धी रहेका गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार अर्जुनकुमार पोखरेललाई ३ हजार २ सय १८ मतान्तरले पराजित गरेकि हुन् ।

    images
    images
    images

    बिमला अर्यालले १४ हजार ८ सय ३८ प्राप्त गर्दा पोखरेलले ११ हजार ६सय २० मात्र मत प्राप्त गरे ।

    images
    images
    images

    त्यस्तै उपप्रमुखमा दुवेले माओवादीका लेखनाथ खरेललाई ४९०८ मतान्तरले पराजित गरेका हुन्।निर्वाचित दुवेले १३ हजार ७ सय ९८ प्राप्त गर्दा खरेलले भने ८ हजार ८ सय ९० मत प्राप्त गरेका थिए ।

    सुनवलमा यस अघिको निर्वाचनमा नगरप्रमुख कांग्रेस र उपप्रमुख पदमा एमालेका उम्मेदवार विजयी भएका थिए। 

    सुनवलमा ४६ हजार ३ सय १ मतदाता मध्य ३४ हजार ४ सय १४ मत खसेको थियो ।

    १३ वडा रहेको सुनवलका ७ वडा एमाले, ५ वडा नेपाली कांग्रेस र १ वडा माओवादी केन्द्रले जितेको छ। 

    विजयी हुनेमा वडाध्यक्षमा वडा नं. १ मा मानबहादुर थापा, वडा नं. २ मा राजेन्द्र यादव, वडा नं. ३ मा पविन गुरुङ, वडा नं. ४ मा बालकृष्ण पंगेनी र वडा नं. ५ मा नेत्रलाल शर्मा छन्। वडा नं. ६ मा हिमलाल शर्मा, वडा नं. ७ मा नारायणप्रसाद आचार्य, वडा नं. ८ मा देउबहादुर गुरुङ, वडा नं. ९ मा बिरबल चौधरी र वडा नं. १० मा दिलबहादुर थापा विजयी भएका छन्। 

    त्यस्तै वडा नं. ११ मा कमलप्रसाद चुवाई, वडा नं. १२ मा चुडामणि पौडेल र वडा नं. १३ मा कृष्णप्रसाद वगाले वडाअध्यक्षमा विजयी भएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।