Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

रसुवागढी नाका आज र भोली बन्द

रसुवागढी नाका आज र भोली बन्द

images
  • रसुवागढी नाका आज र भोली बन्द
    images
    images

    रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी आज र भोली बन्द गरिएको छ । 

    images
    images
    images

    नेपाल-चीन जोड्ने मितेरी पुल मर्मतका लागि आज र भोली नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो । 

    images
    images
    images

    चिनियाँ पक्षले मनसुन र बाढी पहिरोलाई मध्यनजर गरी आजदेखि पुलको गुणस्तर मापन तथा मर्मत सम्भारको कार्य गर्न लागेकाले नाका बन्द गरिएको बताइएको छ । 

    images
    images
    images

    सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी द्रुव प्रसाद अधिकारीले जारी गरेको सूचनामा भनिएको छ- 'रसुवागढी सीमानाकास्थित नेपाल चीन जोड्ने मितेरी पुल (बेलीब्रीज ) को चेकजाँच एवम् मर्मतसम्भार गर्नुपर्ने भएकाले मिति २०८३।०३।१५ र १६ गते उक्त बेलीब्रिजबाट हुने सवारी आवगमनमा रोक लगाइएको भनी चिनीयाँ समकक्षीबाट जानकारी हुन आएको हुँदा सोही बेहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । साथै, कैलाश मानसरोबर तीर्थाटनमा रहनु भएका तीर्थयात्रीहरुलाई १०/१० जनाको समूहमा दुवै पक्षका सुरक्षा संयन्त्रहरुको समन्वयमा यात्रा सहजीकरण भईरहेको बेहोरा समेत अनुरोध छ ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रसुवागढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।