Logo

२०८३, आश्विन १०गते


images
images

फिफा विश्वकप

फिफा विश्वकप : पराग्वेसँग जर्मनी स्तब्ध, यी हुन् विश्वकपका पाँच अप्रत्याशित नतिजा

फिफा विश्वकप : पराग्वेसँग जर्मनी स्तब्ध, यी हुन् विश्वकपका पाँच अप्रत्याशित नतिजा

images
  • फिफा विश्वकप : पराग्वेसँग जर्मनी स्तब्ध, यी हुन् विश्वकपका पाँच अप्रत्याशित नतिजा
    images
    images

    काठमाडौँ । फिफा विश्वकप फुटबलको अन्तिम ३२ चरणमा पाराग्वेले चार पटकको विश्व विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै प्रतियोगिताकै सबैभन्दा ठूलो अप्रत्याशित नतिजामध्ये एक नतिजा निकालेको छ ।

    images
    images
    images

    निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआटबाट भएको थियो । त्यसमा पाराग्वेका गोलरक्षक ओरलान्डो गिल नायक बने । उनले दुई पेनाल्टी बचाए भने अन्तिम निर्णायक प्रहार जोसे कनालेले गोलमा परिणत गरेपछि पाराग्वेले अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो ।

    images
    images
    images

    विश्वकप सुरु हुनुअघि फिफा वरीयतामा पाराग्वे ४१औँ र जर्मनी १०औँ स्थानमा थिए । प्रतियोगिताको सुरुआत अमेरिकासँग ४-१ को हारबाट गरेको पाराग्वेले त्यसपछि टर्कीलाई हरायो र अस्ट्रेलियासँग बराबरी खेल्दै उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा नकआउट चरणमा पुगेको थियो ।

    images
    images
    images

    नकआउट चरणको यस खेलमा खेलमा बलमाथिको नियन्त्रण पूर्ण रूपमा जर्मनीकै पक्षमा थियो । जर्मनीले ७१९ पास पूरा गर्दा पाराग्वेले केवल १६१ पास मात्र सफल बनायो । तर अनुशासित रक्षापङ्क्ति र उत्कृष्ट गोलरक्षणका कारण पाराग्वेले खेललाई पेनाल्टीसम्म पुर्‍याउँदै ऐतिहासिक सफलता हात पार्‍यो ।

    फिफा वरीयतालाई आधार मान्दा यो विश्वकप नकआउट चरणको इतिहासमा चौथो सबैभन्दा ठूलो अप्रत्याशित नतिजा मानिएको छ ।  जर्मनीजस्तो बलियो टोलीविरुद्ध सीमित अवसरको प्रभावकारी उपयोग, उत्कृष्ट रक्षात्मक प्रदर्शन र पेनाल्टी सुटआउटमा देखाएको धैर्यका कारण पाराग्वेको यो जित विश्वकप इतिहासकै स्मरणीय अप्रत्याशित नतिजामध्ये एकका रूपमा दर्ज भएको छ ।

    विश्वकपमा ठुला अप्रत्याशित नतिजा: 

    १. रुस भर्सेस स्पेन (२०१८)

    सन् २०१८ को विश्वकपमा आयोजक रुस फिफा वरीयतामा ७०औँ स्थानमा थियो भने स्पेन १०औँ स्थानमा । अन्तिम १६ को खेल निर्धारित समय र अतिरिक्त समयमा १-१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा निर्णय भएको थियो । रुसका गोलरक्षक इगोर अकिनफिभले स्पेनका दुई पेनाल्टी रोकेपछि आयोजक टोलीले ऐतिहासिक जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । यो विश्वकप नकआउट इतिहासकै सबैभन्दा ठूलो अप्रत्याशित नतिजा मानिन्छ ।

    २. दक्षिण कोरिया भर्सेस इटाली (२००२)

    सन् २००२ को विश्वकपको अन्तिम १६ चरणमा दक्षिण कोरियाले बलियो टोली इटालीलाई स्तब्ध पारेको थियो । खेलमा इटालीले सुरुआती अग्रता लिए पनि दक्षिण कोरियाले खेलको अन्त्यतिर बराबरी गोल फर्कायो । त्यसपछि अतिरिक्त समयमा आन जुन ह्वानले गोल्डेन गोल गर्दै दक्षिण कोरियालाई ऐतिहासिक जित दिलाएका थिए । यो जितले एसियाली फुटबलको इतिहासमै नयाँ अध्याय थपेको थियो ।

    ३. दक्षिण कोरिया भर्सेस स्पेन (२००२)

    इटालीलाई हराएपछि उच्च मनोबलमा रहेको दक्षिण कोरियाले क्वार्टरफाइनलमा स्पेनलाई पनि रोक्यो । निर्धारित र अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । दक्षिण कोरियाले आफ्ना सबै पेनाल्टी सफल बनाउँदा स्पेन चुकेपछि दक्षिण कोरिया पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको थियो ।

    ४. पाराग्वे भर्सेस जर्मनी (२०२६)

    विश्वकप २०२६ सुरु हुनुअघि फिफा वरीयतामा पाराग्वे ४१औँ र जर्मनी १०औँ स्थानमा थिए। अन्तिम ३२ को खेलमा जर्मनीले ७१९ पास पूरा गर्दा पाराग्वेले केवल १६१ पास मात्र सफल बनाएको थियो। त्यसका बाबजुद उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै पाराग्वेले खेललाई पेनाल्टी सुटआउटसम्म पुर्‍यायो। गोलरक्षक ओरलान्डो गिलले दुई पेनाल्टी बचाए भने जोसे कनालेले निर्णायक पेनाल्टी गोलमा परिणत गर्दै पाराग्वेलाई अन्तिम १६ मा पुर्‍याए। यो जित विश्वकप नकआउट इतिहासको चौथो ठूलो उलटफेरका रूपमा दर्ज भएको छ।

    ५. बुल्गेरिया भर्सेस जर्मनी (१९९४)

    सन् १९९४ को विश्वकपमा जर्मनी तत्कालीन विश्व विजेता तथा फिफा वरीयताको शीर्ष टोली थियो भने बुल्गेरिया २९औँ स्थानमा थियो। क्वार्टरफाइनलमा जर्मनीले सुरुआती अग्रता लिए पनि बुल्गेरियाले तीन मिनेटको अन्तरमा लगातार दुई गोल गर्दै २-१ को रोमाञ्चक जित निकाल्यो। यस नतिजाले विश्व फुटबललाई चकित बनाएको थियो र आज पनि विश्वकप इतिहासका सबैभन्दा ठूला अप्रत्याशित नतिजामध्ये एकका रूपमा स्मरण गरिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।