Logo

२०८३, आश्विन १०गते


images
images

समाचार

मकवानपुर कान्तिलोकपथमा रातिको यात्रामा रोक

मकवानपुर कान्तिलोकपथमा रातिको यात्रामा रोक

images
  • मकवानपुर कान्तिलोकपथमा रातिको यात्रामा रोक
    images
    images

    हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्तिलोकपथअन्तर्गत हेटौंडा-काठमाडौं सडकखण्डमा रातिमा यात्रा नगर्न आग्रह गरेको छ ।

    images
    images
    images

    प्रशासनले असार १६ गते बेलुका ५ बजेदेखि असार १७ गते बिहान ५ बजेसम्म तथा असार १७ गते बेलुका ५ बजेदेखि असार १८ गते बिहान ५ बजेसम्म कान्तिलोकपथअन्तर्गत हेटौंडा-काठमाडौं सडकखण्डमा कुनै पनि प्रकारको यात्रा नगर्न र नगराउन अनुरोध गरेको हो ।

    images
    images
    images

    असार १६ र १७ गते अत्यावश्यक कामबाहेक यात्रा नगर्न, ताल, नदी, खोला तथा अन्य जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुङ्गा सञ्चालन गर्ने, नदी तर्ने लगायतका जोखिमयुक्त गतिविधिबाट टाढा रहन समेत प्रशासनले आग्रह गरेको छ ।

    images
    images
    images

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार असार १६ र १७ गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ । यसका कारण पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, गेग्रान बहाव, सडक अवरोध, बाढी तथा नदीको जलसतह बढ्न सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ ।

    प्रशासनले पहिरो, बाढी तथा डुबानको जोखिम रहेका क्षेत्र, नदी किनार र भिरालो स्थानमा अनावश्यक आवतजावत नगर्न तथा मौसम र सडक अवस्थासम्बन्धी आधिकारिक सूचना तथा सुरक्षा निकायबाट जारी हुने निर्देशनको पालना गर्न पनि अनुरोध गरेको छ ।

    कुनै विपद्जन्य घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा नजिकको सुरक्षा निकाय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रको निःशुल्क टेलिफोन नम्बर ११४९ मा तत्काल जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।

    जिल्ला प्रशासन कार्यालयले वर्षा र जोखिमको अवस्थाको मूल्याङ्कनका आधारमा जिल्लाभित्रका कुनै पनि सडकमा सुरक्षाकर्मीले निश्चित समयका लागि आवागमन रोक्न सक्ने भएकाले त्यसमा सर्वसाधारणको सहयोग र समन्वय आवश्यक रहेको जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मकवानपुर
  • # कान्तिलोक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।