Logo

२०८३, आश्विन ९गते


images
images

विश्वकप

विश्वकपको अन्तिम १६ को समीकरण पुरा, कसको प्रतिद्वन्दी को ?

विश्वकपको अन्तिम १६ को समीकरण पुरा, कसको प्रतिद्वन्दी को ?

images
  • विश्वकपको अन्तिम १६ को समीकरण पुरा, कसको प्रतिद्वन्दी को ?
    images
    images

    काठमाडौँ । जारी फिफा विश्वकपको अन्तिम १६ को समीकरण पुरा भएको छ । शनिबार बिहान अन्तिम ३२ का खेलहरुसकिएसँगै नकआउट चरणको अन्तिम १६ को समीकरण पुरा भएको हो । 

    images
    images
    images

    अन्तिम ३२ बाट जर्मनी, नेदरल्याण्डस, सेनेगल, जापान जस्ता देशहरु बाहिरिएका छन् भने केप भर्डेजस्तो सानो देशले अनुशासित र शानदार फुटबल खेलेर सबैलाई प्रभावित पारेको छ । विश्वकपबाट बाहिरिए पनि अर्जेन्टिना जस्तो बलियो टिमलाई केप भर्डेले दिएको चुनौतीको सबैले प्रसंशा गरेका छन् । 

    images
    images
    images

    विश्वकपको अन्तिम १६ मा आयोजक तीन देश अमेरिका,मेक्सिको र क्यानडा पुगेका छन् । त्यस्तै फ्रान्स, पराग्वे, मोरक्को, पोर्चुगल, स्पेन, बेल्जियम, ब्राजिल नर्वे, इङल्याण्ड, अर्जेन्टिना, इजिप्ट, स्वीजरल्याण्ड र कोलोम्बिया पुगेका छन् । 

    images
    images
    images

    अब अन्तिम १६ मा पराग्वेले फ्रान्सको सामना गर्ने छ भने क्यानडाले मोरक्कोको सामना गर्ने भएको छ ।  त्यस्तै पोर्चुगलले स्पेनको सामना गर्दैछ भने अमेरिकाले बेल्जियमको सामना गर्दैछ । त्यसैगरी ब्राजिलले नर्वेको सामना गर्दै छ भने मेक्सिको इङल्याण्डसँग भिड्दैछ । त्यस्तै अर्जेन्टिना र इजिप्ट अन्तिम १६ मा खेल्दैछन् भने कोलम्बियाले स्वीजरल्याण्डको सामना गर्दैछन् । 

    अन्तिम १६ का खेलहरु आजै रातिदेखि हुदैछन् ।  अन्तिम १६ को पहिलो खेल आज राति नेपाली समय अनुसार १०:४५ बजेदेखि क्यानडा र मोरक्को आमने सामने हुदैछन् भने आजै राति २:४५ बजे फ्रान्सले पराग्वेको सामना गर्दैछ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।