Logo

२०८३, कार्तिक २८गते


images
images

तिलाेत्तमामा दलित ज्ञान उत्सव तेस्राे संस्करण हुने

तिलाेत्तमामा दलित ज्ञान उत्सव तेस्राे संस्करण हुने

images
  • तिलाेत्तमामा दलित ज्ञान उत्सव तेस्राे संस्करण हुने
    images

    बुटवल । रूपन्देहीकाे तिलाेत्तमामा दलित ज्ञान उत्सवकाे तेस्राे संस्करण हुने भएकाे छ । तिलाेत्तमा नगरपालिकाकाे आयाेजनामा असार २१ र २२ गते दलित ज्ञान उत्सव हुन लागेकाे शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएकाे हाे । पत्रकार सम्मेलनमा तिलाेत्तमा नगर प्रमुख रामकृष्ण खाँणले उत्सवले सामाजिक एकता र न्याय निरूपण गर्न सहयाेग गर्ने बताए । उनले आगामी दिनमा जनजाति समुदायको पनि यही स्वरूपको कार्यक्रम गर्ने तयारी रहेकाे पनि बताए ।

    images
    images
    images

    तिलाेत्तमा नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीले दलित समुदायकाे परम्परागत ज्ञानलाई पछिल्लाे पुस्ता सम्म पुर्याउने उद्धेश्यले कार्यक्रम गर्न लागिएकाे बताए । सामाजिक विकास समिति संयाेजक रवि सेन्चुरीले कार्यक्रमले समानता र सामाजिक अन्तरघुलनकाे लागि सकारात्मक सन्देश प्रवाह गर्दै जातीय कुसंस्कार अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    आयाेजकका अनुसार असार २१ गते विभेद विरूद्ध चित्रकला, संरचनात्मक लाभाश र उत्पीडनका मुद्धा, विभेद विरूद्ध संघ संस्था नगर संजालकाे भुमिका, स्थानीय तह र महिला जनप्रतिनिधिहरूकाे अनुभव, विभेद विरूद्ध युवा, सारङ्गीकाे धुन र इतिहार, विभेद विरूद्ध कविता र सांगितिक प्रस्तुती रहनेछ । त्यस्तैगरी दाेस्राे दिन असार २२ गते सामाजिक न्यायका निम्ति स्थानीय तहकाे पहल, दलित उद्यम र बजारीकरण तथा विविधिकरण, वर्तमान समयमा दलित मुद्धाहरू नगर राजनैतिक दलहरूकाे भुमिका, पञ्चेबाजा र त्यसकाे इतिहास, प्रशासनिक संयन्त्रमा समावेशिताकाे बिषयमा छलफल हुनेछ ।
    उत्सवकाे पहिलाे संस्करण २०८० मा भएकाे थियाे । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।