Logo

२०८३, आश्विन ९गते


images
images

वैभव सूर्यवंशीको राष्ट्रिय टिममा ऐतिहासिक डेभ्यु

वैभव सूर्यवंशीको राष्ट्रिय टिममा ऐतिहासिक डेभ्यु

images
  • वैभव सूर्यवंशीको राष्ट्रिय टिममा ऐतिहासिक डेभ्यु
    images
    images

    काठमाडौँ । भारतका १५ बर्षिय वैभव सुर्यबंशीले राष्ट्रिय टिमबाट डेभ्यु गरेका छन् ।

    images
    images
    images

    सुर्यबंशीले इङ्ल्यान्डविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा डेभ्यु गरेका हुन् । म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्ड मैदानमा जारी खेलमा भारतले टोलीमा एक परिवर्तन गर्दै १५ वर्षीय वैभव सूर्यवंशीलाई पहिलो पटक राष्ट्रिय टोलीमा अवसर दिएको हो।

    images
    images
    images

    यससँगै सूर्यवंशी भारतका लागि सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने खेलाडी बनेका छन् । उनले यसअघि सचिन तेन्दुलकरको नाममा रहेको कीर्तिमान तोडेका हुन् । यस खेलमा सुर्यबंशी १० बलमा १४ रन बनाएर आउट भएका छन् ।  उनलाई इङ्ल्यान्डका बलर विल ज्याक्सले आउट गरेका हुन् ।

    images
    images
    images

    वैभवले पछिल्ला केही महिनामा उत्कृष्ट प्रदर्शन गरेका कारण टोलीमा स्थान पाएका हुन् । वैभवलाई भारतीय ब्याट्सम्यान तिलक बर्माले डेभ्यु क्याप दिएका थिए । 

    वैभव राष्ट्रिय टिममा भएपनि इङ्ल्यान्डविरुद्धको पहिलो खेल तथा आयरल्याण्डविरुद्धका २ खेलमा अवसर पाएका थिएनन् । यसपटक भने उनी सञ्जु सामसनको स्थानमा टोलीमा समावेश भएका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वैभव सुर्यबंशी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।