Logo

२०८३, आश्विन १०गते


images
images

विप्लव नेतृत्वको पार्टीबाट अलग समूहले नेकपा पुनर्गठन गर्ने, रुपन्देहीको जिल्ला भेला सम्पन्न

विप्लव नेतृत्वको पार्टीबाट अलग समूहले नेकपा पुनर्गठन गर्ने, रुपन्देहीको जिल्ला भेला सम्पन्न

images
  • विप्लव नेतृत्वको पार्टीबाट अलग समूहले नेकपा पुनर्गठन गर्ने, रुपन्देहीको जिल्ला भेला सम्पन्न
    images
    images

    बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएको समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन गर्ने भएको छ । पार्टी पुनर्गठन अभियानअन्तर्गत शनिबार रुपन्देहीमा पहिलो जिल्ला भेला गरिएको पार्टीले जनाएको छ ।

    images
    images
    images

    बुटवलमा सम्पन्न भेलाले ४५ सदस्यीय जिल्ला समिति गठन गर्दै संगठन विस्तारलाई तीव्र बनाउने निर्णय गरेको छ । भेलाले पार्टी केन्द्रीय सदस्य शरद वलीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिँदै विष्णु तिवारी ‘मुकेश’ को संयोजकत्वमा ४५ सदस्यीय जिल्ला समिति गठन गरेको बताइएको छ ।

    images
    images
    images

    भेलाबाट देवदह, ओमसतिया र रोहिणी क्षेत्रको इन्चार्जमा मदन थारु (जसवन्त), सिद्धार्थनगर नगरपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको इन्चार्जमा शंकर ज्ञवाली, मायादेवी र गैडहवा गाउँपालिकाको इन्चार्जमा अविराम यादव तथा सचिवमा रामवचन यादव चयन भएका छन् ।

    images
    images
    images

    त्यसैगरी बुटवल उपमहानगरपालिकाको इन्चार्जमा महेन्द्र टण्डन र सचिवमा दीपक पौडेल, कञ्चन गाउँपालिकाको इन्चार्जमा सोमनाथ शर्मा, तिलोत्तमा नगरपालिकाको इन्चार्जमा श्रीधर ज्ञवाली, मर्चवारी गाउँपालिकाको इन्चार्जमा नन्दलाल लोध तथा सियारी गाउँपालिकाको सचिवमा अनवर यादव चयन भएका छन् । सैनामैना क्षेत्रको संगठनात्मक जिम्मेवारी जिल्ला कार्यालयले हेर्ने निर्णय गरिएको जनाइएको छ । यस्तै पार्टीका जनवर्गीय संगठनहरूको समेत जिम्मेवारी तोकिएको बताइएको छ ।

    तत्कालीन स्थायी समिति सदस्य उमा भुजेल, चन्द्रबहादुर खड्का लगायतका नेतामाथि पार्टी नेतृत्वले निष्कासन गरेपछि विकसित घटनाक्रमसँगै देशका विभिन्न जिल्लाबाट नेता–कार्यकर्ताहरू नयाँ पुनर्गठित नेकपामा आबद्ध हुँदै आएका छन् ।

    भेलामा पार्टीका केन्द्रीय कार्यालय सदस्यद्वय भेषराज भुषाल र वसन्त श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय शरद वली र जया पौडेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

    भेलामा बोल्ने नेताहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै जनपक्षीय राजनीतिक शक्ति निर्माण गर्न आवश्यक रहेको धारणा राखेका थिए । उनीहरूले संगठन विस्तार, वैचारिक स्पष्टता र जनआधारित आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।