Logo

२०८३, कार्तिक २८गते


images
images

ट्रकमा फल्स बटम बनाई लुकाई ल्याएको गाँजासहित दुई जना नियन्त्रणमा

ट्रकमा फल्स बटम बनाई लुकाई ल्याएको गाँजासहित दुई जना नियन्त्रणमा

images
  • ट्रकमा फल्स बटम बनाई लुकाई ल्याएको गाँजासहित दुई जना नियन्त्रणमा
    images

    महोत्तरी । महोत्तरीको एकडारा गॉउपालिका-३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजा जस्तो देखिने बस्तुसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    नियन्त्रणमा लिएकाहरुमा मकवानपुर जिल्लाको कैलाश गॉऊपालिका- १ बस्ने २३ बर्षिय साधुराम थिङ र सोही  गॉऊपालिका-६ बस्ने २१ बर्षिय विपस नेगी रहेकाछन्  ।

    images
    images
    images

    उनीहरूलाई विशेष सूचनाको आधारमा सशस्त्रको नेपाल बोर्डर आउट पोष्ट बथनाहबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका उनीहरू सो ट्रकको मालिक तथा चालक रहेका छन ।उक्त टोलीले धनकुटाको भेडेटारबाट  महोत्तरीको जलेश्वर हुँदै पश्चिमको एकडारातर्फ जाँदै गरेको ना ३ ख ६५९२ नम्वरको ट्रकलाई रोक्न खोज्दा नरोकी तिव्र गतिमा भागेको थियो । फरार सो ट्रकलाई सशस्त्र प्रहरीले करिब २ किलोमिटर टाढाबाट नियन्त्रणमा लिएको हो ।

    images
    images

    सो गाडीलाई नियन्त्रणमा लिएपछि सशस्त्रको टोलीले सोधपुछ गर्दा चालकको व्यवहार शंकास्पद देखेपछि ट्रकमा चेकजाँच गर्दा चालक बस्ने क्याविनको माथिपट्टी फल्स बटन बनाई लुकाई छिपाई राखिएको ३ बन्डल गाँजा जस्तो देखिने वस्तु फेला पारेको हो । साथै उनीहरुको साथबाट नेपाली रूपैयाँ, कतारी रियाल, मलेसियन रिङगेट,  मोवाईल थान २ थान तथा ट्रक र मोटरसाईकलको ब्लुबुक समेत  फेला परेको छ ।

    नियन्त्रणमा लिईएका दुबैजनालाई आवश्यक कारवाहीको लागि उक्त ट्रक तथा सामानसहित सम्बन्धित निकायमा बुझाएको सशस्त्रले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।