Logo

२०८३, आश्विन ९गते


images
images

भेनेजुएला भूकम्प

भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको संख्या ३ हजार ३४२ पुग्यो

भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको संख्या ३ हजार ३४२ पुग्यो

images
  • भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको संख्या ३ हजार ३४२ पुग्यो
    images
    images

    काठमाडौँ । भेनेजुएलामा गएको शक्तिशाली दोहोरो भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ३४२ पुगेको छ । भेनेजुएलाको सूचना मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार घाइते हुनेको संख्या १६ हजार ४७० पुगेको छ भने घरबारविहीन हुनेको संख्या १७ हजार ३४५ पुगेको छ।

    images
    images
    images

    यसअघि आइतबार नै भेनेजुएलाको २१५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पपछिको सरकारी कदमको बचाउ गरेकी छन् । उद्धार तथा राहत कार्य ढिलो भएको र पर्याप्त नभएको भन्दै बढ्दो असन्तुष्टिबीच उनले सरकारले तत्काल आवश्यक कदम चालेको दाबी गरिन् ।

    images
    images
    images

    राष्ट्रपति रोड्रिगेजले भूकम्पलगत्तै सुरक्षा बल परिचालन गरिएको र विपद् तथा आपत्कालीन अवस्थाको प्रभावकारी व्यवस्थापनका लागि नयाँ सैन्य इकाइ गठन गरिएको जानकारी दिइन् । उनका अनुसार उक्त इकाइले भविष्यमा यस्ता विपद्को सामना गर्न उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउनेछ ।

    images
    images
    images

    यस्तै, गैरसरकारी तर व्यापक रूपमा प्रयोग हुँदै आएको विवरणअनुसार अझै ४१ हजारभन्दा बढी मानिस बेपत्ता रहेका छन् ।

    अमेरिकी विदेश मन्त्रालयको समन्वयमा विभिन्न सहयोगी संस्थासँग मिलेर सञ्चालन गरिएको अस्थायी अस्पतालले हालसम्म करिब ४ सय बिरामीको उपचार गरिसकेको छ ।

    गत बुधबार ७.२ म्याग्निच्युडको भूकम्प गएको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको मुख्य भूकम्प गएको थियो । सन् १९०० यताकै सबैभन्दा शक्तिशाली मानिएको उक्त भूकम्पले राजधानी काराकास र सबैभन्दा बढी प्रभावित तटीय राज्य ला ग्वाइरामा व्यापक क्षति पुर्‍याएको छ । राजधानीको मुख्य अन्तर्राष्ट्रिय प्रवेशद्वार सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल पनि गम्भीर रूपमा क्षतिग्रस्त भएको छ । 

    संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले भौतिक पूर्वाधारमा करिब छ अर्ब ७० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष क्षति भएको अनुमान गरेको छ, जुन भेनेजुएलाको कुल गार्हस्थ्य उत्पादनको करिब ६ प्रतिशत बराबर हो । जोखिम मूल्याङ्कन गर्ने संस्था भेरिस्कले भने कुल आर्थिक क्षति १० अर्ब अमेरिकी डलरभन्दा बढी हुने आकलन गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।