Logo

२०८३, आश्विन ९गते


images
images

जिम्बाब्वेविरुद्धको टी- २० सिरिजका लागि भारतीय टिमको घोषणा

जिम्बाब्वेविरुद्धको टी- २० सिरिजका लागि भारतीय टिमको घोषणा

images
  • जिम्बाब्वेविरुद्धको टी- २० सिरिजका लागि भारतीय टिमको घोषणा
    images
    images

    काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्डले जिम्बाब्वेविरुद्ध जुलाई २३ देखि २६ सम्म हुने टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा टी- २० विश्वकप २०२६ का प्रतियोगिताकै उत्कृष्ट खेलाडी सञ्जु सामसनलाई स्थान दिइएको छैन । बोर्डले उनलाई टोलीबाहिर राख्नुको कारण भने खुलाएको छैन ।

    images
    images
    images

    लगातार तेस्रो टी-२० सिरिजका लागि १५ वर्षीय वैभव सूर्यवंशीले टोलीमा स्थान कायम राखेका छन् । इंग्ल्यान्ड र आयरल्यान्ड भ्रमणमा घोषणा गरिएको टोलीको तुलनामा यसपटक भारतले ६ परिवर्तन गरेको छ ।

    images
    images
    images

    रिंकु सिंह र मयंक यादव टोलीमा फर्किएका छन् । साथै प्रभसिमरन सिंह, यश ठाकुर, अशोक शर्मा र हर्ष दुबेलाई पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय टोलीमा समावेश गरिएको छ । इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजका क्रममा घाइते भएका नितीश कुमार रेड्डीको स्थानमा शिवम दुबेलाई टोलीमा राखिएको छ ।

    images
    images
    images

    सञ्जु सामसनलाई विश्राम दिइएको हो वा टोलीबाट हटाइएको हो भन्ने विषयमा बोर्डले कुनै जानकारी दिएको छैन । उनले हालै आयरल्यान्ड र इंग्ल्यान्डविरुद्धका तीन इनिङ्समा क्रमशः ५, शून्य र १ रन मात्र बनाएका थिए । इंग्ल्यान्डविरुद्धको दोस्रो टी-२० मा उनी अन्तिम ११ बाट बाहिर परेपछि वैभव सूर्यवंशीले अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गर्ने अवसर पाएका थिए । भारतका सबैभन्दा कम उमेरका अन्तर्राष्ट्रिय क्रिकेटर वैभव सूर्यवंशीले १५ वर्ष ९९ दिनको उमेरमा इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेलेका थिए। उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा १० बलमा १४ रन बनाएका थिए ।

    फिनिसर रिंकु सिंह तथा तीव्र गतिका बलर मयंक यादव पनि टोलीमा पुनरागमन गरेका छन् । मयंकले सन् २०२४ मा भारतका लागि तीन टी-२० अन्तर्राष्ट्रिय खेलेका थिए । तर लगातारको चोटका कारण लामो समय टोलीबाहिर रहनुपरेको थियो । इन्डियन प्रिमियर लिग २०२६ मा उनले लखनउ सुपर जायन्ट्सका लागि चार खेल मात्र खेलेका थिए र कुनै विकेट लिन सकेका थिएनन् ।

    जिम्बाब्वे भ्रमणका लागि भारतको टोली : श्रेयस अय्यर (कप्तान), वैभव सूर्यवंशी, अभिषेक शर्मा, तिलक वर्मा (उपकप्तान), इशान किशन (विकेटकिपर), शिवम दुबे, सूर्यांश सेढगे, रिंकु सिंह, हर्ष दुबे, वरुण चक्रवर्ती, प्रिन्स यादव, यश ठाकुर, अशोक शर्मा, मयंक यादव र प्रभसिमरन सिंह (विकेटकिपर) ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।