Logo

२०८३, आश्विन ९गते


images
images

प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्दाबीच भेट

प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्दाबीच भेट

images
  • प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्दाबीच भेट
    images
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    images
    images
    images

    मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    भेटमा नेपाल-एडीबी सहकार्य,विकास आयोजना तथा आर्थिक सहयोगका विषयमा छलफल भएको जनाइएको छ ।

    images
    images
    images

    शाह प्रधानमन्त्री बनेपछि कुनै विदेशी उच्च अधिकारीसँग प्रत्यक्ष भेटवार्ता गरेको यो पहिलो पटक हो । 

    यसअघि सोमबार अध्यक्ष कान्दाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए भने दुवैको उपस्थितिमा नेपाल सरकार र एडीबीबीच अर्थ मन्त्रालयमा दुईवटा आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि करिब २५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।