Logo

२०८३, आश्विन १०गते


images
images

दुर्घटना

म्याग्दीको फेदीखोला सडकखण्डमा दुई जीप दुर्घटना, ९ जना घाइते

म्याग्दीको फेदीखोला सडकखण्डमा दुई जीप दुर्घटना, ९ जना घाइते

images
  • म्याग्दीको फेदीखोला सडकखण्डमा दुई जीप दुर्घटना, ९ जना घाइते
    images
    images

    म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका-७ फेदीखोला स्थित सडकखण्डमा दुई वटा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

    images
    images
    images

    मंगलबार करिब ३ बजे ताकमबाट दरबाङतर्फ आउँदै गरेको बा ७७९५ नम्बरको बोलेरो जिप घुम्तीमा पल्टिएर अगाडिबाट आउँदै गरेको ग३च ३३१४ नम्बरको यात्रुबाहक बोलेरो जिपमाथि खस्दा दुर्घटना भएको हो ।

    images
    images
    images

    घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी टोली खटिई घाइतेहरूको उद्धार गरी उपचारका लागि दरबाङ आधारभूत अस्पताल, दरबाङ पठाइएको छ ।

    images
    images
    images

    दुवै जिपमा गरी १० जना सवार रहेकोमा एक जना सकुशल रहेका छन् भने ९ जना घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • # म्याग्दी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।