Logo

२०८३, आश्विन १०गते


images
images

खेलकुद

विम्बल्डनकै सबैभन्दा लामो क्वार्टरफाइनल, जोकोभिचले रचे इतिहास

विम्बल्डनकै सबैभन्दा लामो क्वार्टरफाइनल, जोकोभिचले रचे इतिहास

images
  • विम्बल्डनकै सबैभन्दा लामो क्वार्टरफाइनल, जोकोभिचले रचे इतिहास
    images
    images

    काठमाडौँ । अनुभवी सर्बियाली टेनिस खेलाडी नोभाक जोकोभिचले विम्बल्डन इतिहासकै सबैभन्दा लामो पुरुष एकल क्वार्टरफाइनल जित्दै लगातार आठौँ पटक सेमिफाइनलमा स्थान बनाएका छन् ।

    images
    images
    images

    ३९ वर्षीय जोकोभिचले आफूभन्दा १४ वर्ष कान्छा क्यानडाका फेलिक्स ओजे-अलियासिमेलाई ५ घण्टा १५ मिनेटसम्म चलेको रोमाञ्चक पाँच सेटको प्रतिस्पर्धामा ७-६ (१०), ३-६, ६-३, ६-७ (४), ७-६ (४) ले पराजित गरे । यससँगै उनले सन् २००८ मा रेनर शुटलर र अर्नो क्लेमेन्टबीच भएको ५ घण्टा १२ मिनेटको क्वार्टरफाइनलको कीर्तिमान तोडे । यो जितसँगै जोकोभिच लगातार आठौँ पटक विम्बल्डनको सेमिफाइनलमा पुगेका छन् । उनले लगातार सात पटक सेमिफाइनल खेलेका रोजर फेडेररको कीर्तिमान पनि उछिनेका छन् ।

    images
    images
    images

    निर्णायक पाँचौँ सेटको सुपर टाइब्रेकमा भएको २२ प्रहारको लामो र्‍याली खेलको मोड बन्यो। त्यसमा जोकोभिचले ९-४ को अग्रता बनाएपछि अर्को अंक जित्दै सेमिफाइनल यात्रा तय गरे ।

    images
    images
    images

    खेलपछि २४ पटकका ग्रान्ड स्लाम विजेता जोकोभिचले आफू यस्ता ऐतिहासिक क्षणका लागि अझै टेनिस खेलिरहेको बताए । युवा खेलाडीसँग अझै प्रतिस्पर्धा गर्न सक्नु आफ्ना लागि सुखद अनुभूति भएको उनको भनाइ थियो ।

    अब सेमिफाइनलमा जोकोभिचको सामना विश्व नम्बर एक तथा साविक विजेता इटालीका यानिक सिनरसँग हुनेछ । सिनरले जर्मनीका यान लेनार्ड स्ट्रफलाई ७-५, ७-६ (४), ६-३ ले हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन् ।

    खेलका क्रममा जोकोभिचको बायाँ खुट्टाको गोलीगाँठो र पिँडुलामा समस्या देखिएपछि उनले उपचारसमेत गराएका थिए । दोस्रो सेटपछि सेन्टर कोर्टको छाना बन्द गर्ने निर्णयप्रति पनि उनले असन्तुष्टि जनाउँदै बाहिर पर्याप्त उज्यालो रहेकाले खेल जारी राख्न सकिने बताएका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विम्बल्डन
  • # जोकोभिच
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।