Logo

२०८३, कार्तिक २८गते


images
images

‘मिसन १६ खर्ब’ राजस्व संकलनमा केन्द्रित हुन अर्थमन्त्रीको निर्देशन

‘मिसन १६ खर्ब’ राजस्व संकलनमा केन्द्रित हुन अर्थमन्त्रीको निर्देशन

images
  • ‘मिसन १६ खर्ब’ राजस्व संकलनमा केन्द्रित हुन अर्थमन्त्रीको निर्देशन
    images

    काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका नयाँ महानिर्देशकलाई राजस्व संकलनको लक्ष्य पूरा गर्न इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन् ।

    images
    images
    images

    मंगलबार अर्थ मन्त्रालयमा भन्सार विभागका महानिर्देशक यमलाल भुसाल, आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल तथा भन्सार विभागका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यसँग भेट गर्दै अर्थमन्त्री वाग्लेले ‘मिसन १६ खर्ब’ राजस्व संकलन सफल बनाउन परिणाममुखी रूपमा काम गर्न आग्रह गरेका हुन् ।

    images
    images
    images

    उनले व्यावसायिक वातावरण र व्यवसायीको मनोबल उच्च राख्दै राजस्व लक्ष्य हासिल गर्न, चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढाउन तथा कर तिर्न प्रोत्साहन गर्ने वातावरण बनाउन मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए ।

    images
    images

    अर्थमन्त्री वाग्लेले भन्सार र कर प्रशासनलाई सूचना प्रविधिसँग जोडेर अझ चुस्त, पारदर्शी र प्रभावकारी बनाउन पनि निर्देशन दिए ।

    उनका अनुसार भन्सार र करबाट हुने आम्दानी वृद्धि भए मुलुकको आन्तरिक आय बलियो हुने, बाह्य ऋणमा निर्भरता घट्ने र आफ्नै स्रोतमा विकासको गति अघि बढ्नेछ । त्यसका लागि व्यावसायिक वातावरण सुधार गर्दै प्रणालीमा हुने चुहावट नियन्त्रण गर्नु आवश्यक रहेको उनले बताए ।

    मन्त्री वाग्लेले मातहतका कार्यालयमा अनियमितता गर्ने कर्मचारीमाथि कडा कारबाही गर्न र इमानदारीपूर्वक काम गर्नेलाई पुरस्कार तथा प्रोत्साहनको व्यवस्था गर्न पनि निर्देशन दिए ।

    उनले सक्षम र अनुभवी सहसचिवहरूलाई भन्सार र आन्तरिक राजस्व प्रशासनको नेतृत्वमा ल्याइएको उल्लेख गर्दै आगामी ६ देखि ८ महिनाभित्र उल्लेखनीय नतिजा देखिने अपेक्षा व्यक्त गरे ।

    मन्त्रिपरिषद्को असार १८ गतेको निर्णयअनुसार यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्य अर्थ मन्त्रालयमा सरुवा भएका थिए । असार २२ गते मन्त्रालयमा हाजिर भएपछि उनीहरूलाई क्रमशः भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक तथा भन्सार विभागका उपमहानिर्देशकको जिम्मेवारी दिइएको हो ।

    नयाँ जिम्मेवारी पाएका तीनै अधिकारीले मन्त्रीको निर्देशन कार्यान्वयन गर्दै प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।