देवदह । रुपन्देहीको देवदहस्थित मगर संसार फोटो ग्यालरी ग्रुपले ६ लाख बढी रकम सहयोग गरेको छ । ग्रुपका अध्यक्ष अनिल लामीछाने मगरको पहलमा संकलित रकम ६ लाख ६५ हजार ३ सय ८० रुपैयाँ पूर्वी रुकुमकी क्यान्सर पीडित सुस्मिता बुढा मगरलाई सहयोग गरिएको हो । क्यान्सर पीडित १८ बर्षिया सुस्मिता ३ बर्षिया छोरीकि आमासमेत हुन् ।
क्यान्सर अस्पताल भक्तपुरमा उपचार गरीरहेकी सुस्मितालाई उक्त रकम मगर संसारको तर्फबाट हस्तान्तरण गरिएको ग्रुपका संस्थापक समेत रहेका लामिछानेले बताए । पायल्स बिग्रेर क्यान्सर पिडित बनेकी सुस्मिताको कमजोर आर्थिक अवस्था देखेर आफुले सुस्मिता बचाउ अभियान संचालन गरी उक्त रकम संकलन गरेको लामिछानेको भनाइ छ ।
सहयोग रकम द.कोरिया, अमेरिका, दुबई, मलेशिया, जापान, नेपाल, यूके, रोमानिया, क्यानडा, हङकङ, कुबेत, साउदी लगायतका देशमा काम गर्ने नेपालीहरूबाट सहयोग जुटेको थियो।
हाल दक्षिण कोरियामा कार्यरत लामिछानेको सक्रियतामा संकलित उक्त रकम मंगलबार एक कार्यक्रमविच मगर संसार फोटो ग्यालरी ग्रुप /पेजका एडमिनहरूद्वारा हस्तान्तरण गरिएको थियो ।
यसअघि १०३ जनालाई सहयोग गरिसकेको ग्रुपको यो १०४ औं सहयोग हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology