Logo

२०८३, आश्विन ९गते


images
images

नर्वेको राष्ट्रिय टिमको जर्सी युरोपभर 'सोल्ड आउट'

नर्वेको राष्ट्रिय टिमको जर्सी युरोपभर 'सोल्ड आउट'

images
  • नर्वेको राष्ट्रिय टिमको जर्सी युरोपभर 'सोल्ड आउट'
    images
    images

    काठमाडौँ । फिफा विश्वकपको क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डसँग हुने महत्त्वपूर्ण खेलअघि नर्वेको राष्ट्रिय फुटबल टोलीको आधिकारिक जर्सी युरोपका अधिकांश बजारमा 'सोल्ड आउट' भएको छ । क्वाटरफाइनलको खेलअघि समर्थकको अत्यधिक मागका कारण जर्सी बिक्री गर्ने अधिकांश आधिकारिक पसलको स्टक सकिएको हो ।

    images
    images
    images

    नर्वे फुटबल सङ्घले मार्चमा जर्सी सार्वजनिक गर्दा माग यति धेरै हुने अनुमान गर्न नसकेको जनाएको छ । विशेषगरी ब्राजिलमाथिको जितपछि टोलीप्रति समर्थकको उत्साह उल्लेखनीय रूपमा बढेको छ । आक्रमणकर्ता इर्लिङ हालान्डसहितका खेलाडीको लोकप्रियताले नयाँ जर्सी बजारमा आउनेबित्तिकै बिक्री हुने अवस्था सिर्जना गरेको छ ।

    images
    images
    images

    ओस्लोस्थित टोर्शोभ स्पोर्ट्स पसलमा मंगलबार नयाँ जर्सी आइपुग्ने खबर पाएपछि बुधबार बिहानैदेखि सयौँ समर्थक लामबद्ध भएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार करिब ६ सय मिटर लामो लाइन लागेको थियो भने केही समर्थक १२ घण्टासम्म पालो कुर्न कुर्सी बोकेर बसेका थिए । पसलका व्यवस्थापकले यस्तो उत्साह यसअघि कहिल्यै नदेखेको बताएका छन् ।

    images
    images
    images

    नर्वे फुटबल सङ्घका व्यावसायिक निर्देशक रुनार पाहर आन्द्रेसेनका अनुसार यस वर्ष खुद्रा विक्रेताले करिब दुई लाख ५० हजार जर्सी अर्डर गरेका छन्, जबकि गत वर्ष सोही अवधिमा यो सङ्ख्या करिब ५० हजार मात्रै थियो । उनले विश्वकप चलिरहेका बेला उत्पादन तत्काल बढाउन कठिन हुने बताए । सङ्घले जर्सी बिक्रीबाट इतिहासकै सबैभन्दा धेरै आम्दानी भइरहेको पनि जनाएको छ ।

    नाइकीले समर्थकको निराशा आफूहरूले बुझेको भन्दै आगामी केही दिनभित्र थप जर्सी नर्वे पुग्ने र त्यसपछि बजारमा उपलब्धता बढ्ने जनाएको छ । यद्यपि अभावका कारण केही समर्थकले पुनः बिक्री गर्ने वेबसाइटबाट अत्यधिक मूल्य तिरेर जर्सी किन्न बाध्य भएका छन् । आधिकारिक रूपमा करिब ९० पाउन्डमा बिक्री भएको जर्सी अहिले केही पुनः बिक्री वेबसाइटमा ३५५ पाउन्डसम्ममा बिक्री भइरहेको छ ।

    नर्वेले यस विश्वकपमा इराक, सेनेगल, आइभरी कोस्ट र पछिल्लो खेलमा ब्राजिललाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो । अब उसले मियामीस्थित हार्ड रक रङ्गशालामा इङ्ग्ल्यान्डसँग सेमिफाइनल प्रवेशका लागि नेपाली समय अनुसार आइतबार बिहान २: ४५ बजे प्रतिस्पर्धा गर्दैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।