Logo

२०८३, आश्विन १०गते


images
images

रोग, शोक र भोकमा बग्ने आसुँ झुटो हुँदैन, सरकारले पाठ सिकोस् : रञ्जु दर्शना

रोग, शोक र भोकमा बग्ने आसुँ झुटो हुँदैन, सरकारले पाठ सिकोस् : रञ्जु दर्शना

images
  • रोग, शोक र भोकमा बग्ने आसुँ झुटो हुँदैन, सरकारले पाठ सिकोस् : रञ्जु दर्शना
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाले सुकुम्बासी व्यवस्थापन र गणेश नेपालीको आत्मदाह प्रयासको घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् । उनले रोग, शोक र भोकका कारण बगेका आँसु कहिल्यै झुटो नहुने भन्दै सरकारलाई विपन्न नागरिकका पीडाप्रति संवेदनशील हुन आग्रह गरेकी छन्।

    images
    images
    images

    सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सुकुम्बासी व्यवस्थापनका क्रममा दूध चुसाइरहेका आमा, सुत्केरी महिला तथा वृद्धवृद्धिलाई एकै किसिमको व्यवहार नगरियोस् भनेर आफूले प्रतिनिधिसभामा पटक–पटक आवाज उठाएको र सम्बन्धित निकायमा पनि आग्रह गरेको उल्लेख गरेकी छन् । तर सरकारले यो विषयलाई उचित ढङ्गले सम्बोधन गर्न नसकेको उनको भनाइ छ ।

    images
    images
    images

    दर्शनाले गणेश नेपालीको आत्मदाह प्रयासलाई केवल उपचार खर्च व्यहोरेर टुङ्ग्याउन नहुने बताउँदै उनी यस्तो अवस्थामा पुग्नुको कारण खोज्न सरकारसँग माग गरेकी छन् । उनले उक्त घटनाबाट सरकारले नीति निर्माणमा आवश्यक पाठ सिक्नुपर्ने धारणा व्यक्त गरिन् । उनले दैनिक रूपमा आर्थिक र सामाजिक समस्याका कारण निराश बनेर 'अब सकिनँ' भन्ने अवस्थामा पुगेका लाखौँ युवाको जीवन सहज बनाउने नीति आवश्यक रहेको उल्लेख गरेकी छन् । यस्तो अवस्था केवल कमजोर मनोबलका कारण नभई सामाजिक तथा आर्थिक संरचनाले सिर्जना गरेको यथार्थ भएको उनको भनाइ छ ।

    images
    images
    images

    रञ्जु दर्शनाले सरकारले एक सय दिनमै आमूल परिवर्तन वा लाखौँ रोजगारी सिर्जना गर्न नसके पनि त्यसको आधार तयार गर्न सक्ने बताउँदै विशेषगरी श्रमजीवी, गरिब र पीडित नागरिकको दुःख कम गर्ने दिशामा सरकारको ध्यान जानुपर्नेमा जोड दिएकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।