Logo

२०८३, कार्तिक २८गते


images
images

देवदहको दुर्गा पञ्चायतन मन्दिरमा रामायण कविता वाचन प्रतियोगिता हुने

देवदहको दुर्गा पञ्चायतन मन्दिरमा रामायण कविता वाचन प्रतियोगिता हुने

images
  • देवदहको दुर्गा पञ्चायतन मन्दिरमा रामायण कविता वाचन प्रतियोगिता हुने
    images

    देवदह । रुपन्देहीको देवदह–७ स्थित शीतलनगरमा रहेको दुर्गा पञ्चायतन मन्दिरमा २१३ औँ भानु जयन्तीको अवसरमा विद्यालयस्तरीय रामायण कविता वाचन प्रतियोगिता आयोजना हुने भएको छ ।

    images
    images
    images

    देवदह नगरपालिकाको आयोजना तथा राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल, देवदहको व्यवस्थापनमा असार २९ गते सोमबार प्रतियोगिता सञ्चालन हुने कार्यक्रम संयोजक देवु भट्टराईले जानकारी दिए ।

    images
    images
    images

    प्रतियोगितामा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरूको सहभागिता रहनेछ । प्रथम हुने प्रतियोगीले नगद ५ हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्वितीय हुनेले ३ हजार रुपैयाँ तथा तृतीय हुनेले २ हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    images
    images

    आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा पुर्‍याएको योगदानलाई स्मरण गर्दै रामायणप्रति विद्यार्थीको रुचि अभिवृद्धि गर्ने तथा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।

    दुर्गा मन्दिर संरक्षण समितिका अध्यक्ष सीपी बस्यालले प्रतियोगिताले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले देवदहस्थित शिश महलको प्रचारप्रसारमा समेत कार्यक्रम उपयोगी हुने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।