परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१, हर्कट्टास्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार दुई ट्रक एकापसमा ठोक्किदा अनियन्त्रित भएको ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु २ ख ४३३ नम्बरको मार्बल लोड गरेको ट्रक विपरीत दिशाबाट जाँदै गरेको ग १ क २९६५ नम्बरको ट्रकसँग ठोक्किएको थियो । ठक्करपछि अनियन्त्रित बनेको ट्रकले सडक किनारमा रहेका पैदलयात्रीलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्री सुनवल नगरपालिका–१२, हर्कट्टा निवासी अन्दाजी ६५/७० वर्षीय रामु रेग्मीलाई उपचारका लागि जिल्ला अस्पताल परासी लगिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । मृतकको शव हाल जिल्ला अस्पताल परासीमा राखिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न दुवै ट्रक र दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा लु २ ख ४३३ नम्बरको ट्रकका चालक सुनवल नगरपालिका–३ निवासी ३७ वर्षीय धर्मराज चमार तथा ग १ क २९६५ नम्बरको ट्रकका चालक रुपन्देहीको देवदह नगरपालिका–९, भलुही निवासी ३५ वर्षीय किसान खड्का रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology