Logo

२०८३, आश्विन ९गते


images
images

वातावरण

रोटरी क्लव देवदहद्धारा आदर्श बहुमुखी क्याम्पस प्राङ्गणमा वृक्षरोपण

रोटरी क्लव देवदहद्धारा आदर्श बहुमुखी क्याम्पस प्राङ्गणमा वृक्षरोपण

images
  • रोटरी क्लव देवदहद्धारा आदर्श बहुमुखी क्याम्पस प्राङ्गणमा वृक्षरोपण
    images
    images

    देवदह । रोटरी क्लव अफ देवदहले सनिबार एक कार्यक्रमका बिच देवदह आदर्श बहुमुखी क्याम्पस प्राङ्गणमा फलफुलका विरुवा रोपेको छ । क्लवका अध्यक्ष, सचिव लगाएत पदाधिकारी तथा बोर्ड मेम्बरहरुको उपस्थितिमा आँप, कटर, लिची र मोरिङ्गाका ३० थान विरुवा रोपिएको क्लवका सचिव रामचन्द्र उपाध्यायले जानकारी दिए ।

    images
    images
    images

    क्लवको वार्षिक कार्यक्रम अनुसार वातावरण संरक्षण सम्बन्धि क्रियाकलाप अन्तर्गत रहेर क्यापस प्राङ्गणमा फलफुलका विरुवा रोपिएको क्लवका अध्यक्ष नारायण भण्डारीले बताए । 

    images
    images
    images

    ‘क्लवको वार्षिक क्यालेण्डरमा निर्धारित कार्यक्रम बमोजिम बर्षातको समय भएका कारण बृक्षरोपण गरिएको हो ।’ अध्यक्ष भण्डारीले भने, ‘क्लवले अन्य सामाजिक क्रियाकलापहरुमा पनि यो वर्ष सक्रिय सहभागिता जनाउनेछ ।’ 

    images
    images
    images

    कार्यक्रममा क्याम्पस प्रमुख एवम् क्लवका संस्थापक अध्यक्ष जयकिशन अधिकारीले देवदह क्षेत्रमा रोटरी क्लवले गर्ने कार्यक्रमहरुलाई आफुले नजिकबाट नियाल्ने गरेको भन्दै वृक्षरोपणको लागि आदर्श बहुमुखी क्याम्पसलाई रोजेकोमा आभार व्यक्त गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोटरी क्लव देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।