Logo

२०८३, कार्तिक २८गते


images
images

देवदह–५ का १८ टोलमा ‘स्वच्छ टोल, सुन्दर देवदह’ अभियान जारी, मितेरी टोलमा नयाँ नेतृत्व चयन

देवदह–५ का १८ टोलमा ‘स्वच्छ टोल, सुन्दर देवदह’ अभियान जारी, मितेरी टोलमा नयाँ नेतृत्व चयन

images
  • देवदह–५ का १८ टोलमा ‘स्वच्छ टोल, सुन्दर देवदह’ अभियान जारी, मितेरी टोलमा नयाँ नेतृत्व चयन
    images

    देवदह । देवदह नगरपालिका वडा नं. ५ मा सञ्चालन भइरहेको ‘स्वच्छ टोल, सुन्दर देवदह’ अभियानलाई निरन्तरता दिइएको छ । सरसफाइ तथा वातावरण संरक्षणसँगै वडाभित्र टोल विकास संस्थाको पुनःगठन अभियानलाई पनि समानान्तर रूपमा अघि बढाइएको वडा कार्यालयले जनाएको छ ।

    images
    images
    images

    शनिबार वडा नं. ५ अन्तर्गत रहेका २१ वटा टोल विकास संस्थामध्ये १८ वटाले एकैसाथ बृहत् सरसफाइ अभियान सञ्चालन गरेको वडा अध्यक्ष गणेश डुम्रेले जानकारी दिए । बर्खायामलाई लक्षित गर्दै नाली सफा गर्ने, जाम भएका नाली खुलाउने, सडक तथा फुटपाथ आसपासका झाडी हटाउने, अव्यवस्थित फोहोर व्यवस्थापन गर्ने तथा विभिन्न स्थानमा वृक्षारोपण गर्ने कार्य सम्पन्न गरिएको उनले बताए ।

    images
    images
    images

    अभियानमा टोल विकास संस्थाका पदाधिकारी, स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा स्वयंसेवकको उत्साहजनक सहभागिता रहेको थियो । अभियानले स्वच्छ, हराभरा र सुरक्षित वडा निर्माणमा सकारात्मक योगदान पुर्‍याएको जनाइएको छ । बाँकी रहेका टोल विकास संस्थाले पनि आफ्नो कार्यतालिका अनुसार आगामी दिनमा सरसफाइ अभियानलाई निरन्तरता दिने तयारी गरेको वडाको दावी छ ।

    images
    images

    यसैक्रममा गुरुङटोला टोल विकास संस्थाले नगरपालिका जाने मूल सडक तथा आसपासका क्षेत्रमा 'विशेष' सरसफाइ कार्यक्रम गरेको छ । वडा अध्यक्ष गणेश डुम्रेको नेतृत्वमा संचालित सरसफाइ कार्यक्रममा गुरुङटोला टोल विकास संस्थाका अध्यक्ष श्यामकुमार अर्याल, सचिव तेजबहादुर क्षेत्रीलगायत टोलवासीको सहभागिता रहेको जनाइएको छ ।

    देवदह ५.png

    यसैबीच, टोल विकास संस्थाको पुनःगठन अभियानअन्तर्गत असार २७ गते मितेरी टोल विकास संस्थाको पुरानो समिति विघटन गरी नयाँ कार्यसमिति चयन गरिएको छ ।

    नवनिर्वाचित समितिको अध्यक्षमा कमला रेश्मी (कल्पना), उपाध्यक्षमा चेतप्रसाद रिमाल, सचिवमा रुमी सारु थापा, कोषाध्यक्षमा धनकुमारी गिरी (सीता) चयन भएका छन् । सदस्यमा रितु विक, मिना कुमारी थापा, ज्ञानबहादुर गुरुङ, मिना गिरी र शारदा भारती चयन भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह–५
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।