Logo

२०८३, कार्तिक २८गते


images
images

रोटरी क्लब अफ देवदहको प्रायोजनमा रोट्र्याक्ट क्लब अफ देवदह गठन

रोटरी क्लब अफ देवदहको प्रायोजनमा रोट्र्याक्ट क्लब अफ देवदह गठन

images
  • रोटरी क्लब अफ देवदहको प्रायोजनमा रोट्र्याक्ट क्लब अफ देवदह गठन
    images

    देवदह । रोटरी क्लब अफ देवदहको प्रायोजनमा रोट्र्याक्ट क्लब अफ देवदह गठन गरिएको छ । शनिबार एक कार्यक्रम बीच नविन पाण्डेयको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको जनाइएको छ ।

    images
    images
    images

    नवनिर्मित रोट्र्याक्ट क्लबको चार्टर अध्यक्षमा नविन पाण्डेय, अध्यक्ष–निर्वाचित (प्रेसिडेन्ट इलेक्ट) मा राजेश तिवारी तथा सचिवमा रवि पौडेल चयन भएका छन् ।

    images
    images
    images

    कार्यसमितिको उपाध्यक्षमा रमेश राकासकोटी, संयुक्त सचिवमा मोनिका थापा, कोषाध्यक्षमा सोनी रेश्मी, संयुक्त कोषाध्यक्षमा किशोर केवट, सार्जेन्ट–एट–आर्म्समा लोकेन्द्र आले, क्लब एडमिनिस्ट्रेसन डाइरेक्टरमा सुष्मा थापा मगर, मेम्बरसिप डाइरेक्टरमा जनार्दन ढकाल, सर्भिस डाइरेक्टरमा प्राप्ति कुँवर क्षेत्री, आईटी अफिसरमा रेनुका थापा मगर तथा कल्चरल एण्ड अफेयर्स डाइरेक्टरमा सुबिना भुसाल चयन भएका छन् ।

    images
    images

    त्यसैगरी बोर्ड सदस्यमा ईशा रिजाल, कमल सिङ्जाली र सम्रचना श्रेष्ठ रहेका छन् । रोट्र्याक्ट क्लब अफ देवदहमा हाल १६ सदस्यीय बोर्ड तथा तीन जना चार्टर सदस्य रहेका छन् ।

    रोटरी क्लब अफ देवदहका अध्यक्ष नारायण भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा चार्टर अध्यक्ष जयकिशन अधिकारी, पास्ट प्रेसिडेन्ट डा. सुन्दर पाण्डेय, पास्ट प्रेसिडेन्ट कुलप्रसाद पौडेल तथा इमिडियट पास्ट प्रेसिडेन्ट डोलराज न्यौपानेले नवगठित रोट्र्याक्ट क्लबका पदाधिकारी तथा सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

    कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख नवीनकुमार श्रेष्ठ तथा कृष्ण अर्याल लगायतको उपस्थिति रहेको थियो ।

    रोटरी क्लब अफ देवदहका सचिव रामचन्द्र उपाध्यायले सञ्चालन गरेको कार्यक्रम सम्पन्न भएको थियो  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।