देवदह । रोट्रयाक्ट क्लब अफ तिलोत्तमा–देवदहको बैठक वर्ष २०२६/२७ का लागि वार्षिक कार्ययोजना तय गर्दै सम्पन्न भएको छ । बैठकमा वर्षभरि सञ्चालन गरिने सामाजिक, आर्थिक तथा मनोरञ्जनात्मक कार्यक्रमका प्राथमिकता र कार्यान्वयन रणनीतिबारे छलफल गरिएको जनाइएको छ ।
वर्ष २०२६/२७ का अध्यक्ष कमल थापाको अध्यक्षतामा सम्पन्न २८१औँ नियमित तथा प्रथम बैठकमा क्लबका पूर्व अध्यक्ष एवं रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का एड्मिनिस्ट्रेशन अफिसर सुनिल गिरी, क्लबका पूर्व अध्यक्ष तथा देवदह व्यापार संघका अध्यक्ष माधव ढकाल, सन्दीप पौडेल, बोर्ड सदस्य लगायतको सहभागिता रहेको थियो । विदेशमा रहेका क्लबका सदस्यहरू पनि अनलाइनमार्फत बैठकमा जोडिएको क्लबले जनाएको छ ।
बैठकमा समुदायमा सकारात्मक प्रभाव पार्ने सामाजिक अभियान, क्लबको आर्थिक सुदृढीकरणका कार्यक्रम तथा सदस्यबीच आपसी सम्बन्ध विस्तार गर्ने मनोरञ्जनात्मक गतिविधिलाई वार्षिक कार्ययोजनामा समेट्ने विषयमा विस्तृत छलफल भएको जनाइएको छ ।
क्लबका सचिव रमित चापागाईंले सञ्चालन गरेको कार्यक्रममा किसन थापाले स्वागत मन्तव्य तथा प्रीति यादवले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology