Logo

२०८३, आश्विन १०गते


images
images

आङ्देम्बेको प्रश्न- सुकुम्बासी व्यवस्थापनबारे सरकारको प्रतिबद्धता खोइ ?

आङ्देम्बेको प्रश्न- सुकुम्बासी व्यवस्थापनबारे सरकारको प्रतिबद्धता खोइ ?

images
  • आङ्देम्बेको प्रश्न- सुकुम्बासी व्यवस्थापनबारे सरकारको प्रतिबद्धता खोइ ?
    images
    images

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी नागरिकको व्यवस्थापनका विषयमा सरकारमाथि प्रश्न उठाएका छन् । उनले सुरक्षित र व्यवस्थित स्थानान्तरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता कार्यान्वयन नभएको आरोप लगाएका छन् ।

    images
    images
    images

    आङ्देम्बेले सामाजिक सञ्जालमार्फत जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने भनिए पनि अहिले उनीहरूलाई थप समस्यामा पारिएको बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'प्रधानमन्त्रीजीले गरेको एउटा सार्वजनिक प्रतिबद्धता आज पनि सम्झिन्छु– ‘ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ ।’ आज म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु– त्यो प्रतिबद्धता कहाँ हरायो ? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन ?'

    images
    images
    images

    उनले कीर्तिपुरस्थित होल्डिङ सेन्टरसमेत डुबानमा परेको घटनाले सरकारको व्यवस्थापनको कमजोरी देखाएको दाबी गरेका छन्। जोखिमबाट जोगाउने नाममा विस्थापित गरिएका नागरिकलाई सरकारले एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलेको उनको आरोप छ ।

    आङ्देम्बेले सुकुम्बासी नागरिकको अवस्थाबारे जानकारी लिन पुगेका युवामाथि नियन्त्रणमा लिइएको घटनाप्रति पनि आपत्ति जनाउदै लोकतान्त्रिक व्यवस्थामा नागरिकले प्रश्न उठाउनु अपराध नभएको भन्दै सरकारलाई प्रश्नको जवाफ दिन माग गरेका छन् । उनले भनेका छन्- 'आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेपछि आत्मसमीक्षा गर्नुपर्ने सरकारले प्रश्न गर्ने नागरिकमाथि दमन गर्नु लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको आक्रमण हो ।'

    कांग्रेस नेता आङ्देम्बेले प्रधानमन्त्रीसँग सुकुम्बासी नागरिकसँग गरिएको प्रतिबद्धताको जवाफ माग गर्दै प्रश्न सोध्ने नागरिकलाई नियन्त्रणमा लिनुभन्दा समस्या समाधानतर्फ सरकार केन्द्रित हुनुपर्ने बताएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।