Logo

२०८३, आश्विन ९गते


images
images

अमेरिकी सैन्य संरचनामाथि इरानको जवाफी हमला

अमेरिकी सैन्य संरचनामाथि इरानको जवाफी हमला

images
  • अमेरिकी सैन्य संरचनामाथि इरानको जवाफी हमला
    images
    images

    काठमाडौँ । अमेरिकाले इरानका सैन्य संरचनामाथि व्यापक हवाई आक्रमण गरेपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामाथि जवाफी आक्रमण सुरु गरेको छ । आइतबार इरानले जोर्डन, कुवेत, बहराइन, कतार र संयुक्त अरब इमिरेट्समा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको जनाएको छ ।

    images
    images
    images

    अमेरिकी केन्द्रीय कमाण्डका अनुसार त्यसअघि अमेरिकाले इरानका करिब १४० सैन्य लक्ष्यमा बमबारी गरेको थियो । अमेरिकाले साइप्रसको झण्डा बोकेको एउटा मालवाहक जहाजमाथि इरानले होर्मुज जलडमरूमध्यमा आक्रमण गरेपछि जवाफी कारबाही गरिएको दाबी गरेको छ। उक्त आक्रमणमा जहाजमा आगलागी हुनुका साथै इन्जिनमा क्षति पुगेको र चालक दलका एक सदस्य बेपत्ता भएको बताइएको छ।

    images
    images
    images

    इरानले जोर्डनस्थित प्रिन्स हसन हवाई अड्डा, कुवेतमा रहेको अमेरिकी हवाई प्रतिरक्षा प्रणाली र रडार केन्द्र तथा बहराइनस्थित अमेरिकी सैन्य सञ्चार केन्द्रलाई निशाना बनाएको दाबी गरेको छ । कतार र संयुक्त अरब इमिरेट्सतर्फ पनि क्षेप्यास्त्र र ड्रोन प्रहार गरिएको इरानी पक्षले जनाएको छ ।

    images
    images
    images

    यसैबीच, इरानले अर्को सूचना नभएसम्म होर्मुज जलडमरूमध्य बन्द गर्ने घोषणा गर्दै आवश्यक परे थप कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

    जोर्डनको सरकारी समाचार संस्थाका अनुसार आइतबार बिहान इरानले प्रहार गरेका तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र देशका विभिन्न स्थानमा खसेका थिए । घटनामा कुनै मानवीय क्षति नभए पनि सामान्य भौतिक क्षति भएको जनाइएको छ ।

    इरानको इस्लामिक रिभोल्युसनरी गार्डले भने जोर्डनस्थित प्रिन्स हसन हवाई अड्डाको कमाण्ड तथा नियन्त्रण केन्द्र र मानवविहीन विमान राख्ने संरचना नष्ट भएको दाबी गरेको छ। यसबारे स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

    इरानले होर्मुज जलडमरूमध्यमा जहाज आवतजावतसम्बन्धी भविष्यका निर्णय इरान र ओमानबीचको सहमतिमा मात्र हुनुपर्ने अडान दोहोर्‍याएको छ। इरानी विदेश मन्त्रालयका अनुसार यस विषयमा दुवै देशका कानुनी र प्राविधिक टोलीबीच मस्कटमा छलफलसमेत भएको छ।

    उता, इरानी आक्रमणपछि बहराइनस्थित अमेरिकी सैन्य अड्डाबाट धुवाँ उठेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । बहराइनले मिसाइल सतर्कता जारी गर्दै नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

    इरानी सेनाले अमेरिकासँग भएको पूर्व सहमतिको पालना गर्न पनि आग्रह गरेको छ। इरानी सैन्य अधिकारीहरूले होर्मुज जलडमरूमध्यमा अमेरिकी गतिविधिले क्षेत्रीय सुरक्षा थप अस्थिर बनाएको आरोप लगाउँदै आफ्नो समुद्री अधिकारको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने चेतावनी दिएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सैन्य संरचना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।