Logo

२०८३, आश्विन १०गते


images
images

दुर्गा प्रसाईको प्रश्न - 'बच्चा पढाउन सबैले गणेश नेपाली नै हुनुपर्ने हो त ?

दुर्गा प्रसाईको प्रश्न - 'बच्चा पढाउन सबैले गणेश नेपाली नै हुनुपर्ने हो त ?

images
  • दुर्गा प्रसाईको प्रश्न - 'बच्चा पढाउन सबैले गणेश नेपाली नै हुनुपर्ने हो त ?
    images
    images

    काठमाडौँ । अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्‍याएको छ ।

    images
    images
    images

    घर पुगेपछि पत्रकार सम्मेलन योजना गर्दै प्रसाईँले सरकारको चर्को आलोचना गर्दै सुकुम्बासी, गरिब, घरबारविहीन नागरिक तथा आत्मदाहका घटनाप्रति सरकार गम्भीर बन्न नसकेको आरोप लगाएका छन् । उनले पछिल्लो ३५ वर्षदेखि राजनीतिक दलहरूले भ्रष्टाचार, शोषण र आर्थिक अनियमितता गरेको दाबी गर्दै वर्तमान सरकारले पनि जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताए ।

    images
    images
    images

    प्रसाईँले सुकुम्बासी बस्ती हटाउने कार्यको विरोध गर्दै सरकारले आफ्नै मतदातालाई विस्थापित गरेको आरोप लगाए । उनले आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई राहत र सुविधा दिने सरकारी घोषणामाथि प्रश्न उठाउँदै यस्ता घटना दोहोरिन नदिन सरकारले नागरिकको आधारभूत समस्या समाधान गर्नुपर्ने धारणा राखे । सवारी साधनमा बढाइएको जरिवानाको पनि आलोचना गर्दै उनले पूर्वाधार सुधार नगरी नागरिकमाथि दण्डात्मक व्यवस्था लागू गरिएको टिप्पणी गरे ।

    images
    images
    images

    देशमा सामाजिक तथा आर्थिक संकट गहिरिँदै गएको दाबी गर्दै प्रसाईँले सरकारले जनताको पीडा बुझ्न नसकेको आरोप लगाए । उनले वर्तमान सरकारलाई लक्षित गर्दै ‘यो सरकार नेपालीहरूको सरकार होइन’ भन्ने अभिव्यक्ति दिएका छन् ।

    साथै सरकारबाट जनता त्रसित भएको भन्दै प्रसाईले भने-' ‘सरकारले अहिले गणेश नेपालीको परिवारलाई जागिर दिन्छौं, क्षतिपूर्ति दिन्छौं, बच्चा पढाइदिन्छौं भनेर भन्छ। तर बच्चाहरू पढाउनका लागि सबैले गणेश नेपाली नै हुनुपर्ने हो त ? नेपालीहरूले आत्मदाह गर्नुपर्ने हो त? घरबारविहीनहरूले अब त्यही गर्नुपर्ने हो त ? '

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।