Logo

२०८३, श्रावण २७गते


images
images

वडा कार्यालयले केके काम गर्न पाउँछ ? यी हुन्, वडाले गर्ने ३७ काम

वडा कार्यालयले केके काम गर्न पाउँछ ? यी हुन्, वडाले गर्ने ३७ काम

images
  • वडा कार्यालयले केके काम गर्न पाउँछ ? यी हुन्, वडाले गर्ने ३७ काम
    images
    images

    काठमाडौं । भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । सबैइ पालिका र वडा कार्यालयहरूमा नयाँ जनप्रतिनिधिहरूले पदभार ग्रहण गर्दैछन् । उम्मेदवार बन्न र चुनिन राम्रै मेहनत चुनावी प्रचार गर्नुपरेको स्थानीय तह अन्तर्गतको वडा कार्यालयले केके काम गर्न पाउँछ सो बारे आज हामी चर्चा गर्दैछौं ।

    images
    images
    images

    स्थानीय तह अन्तर्गत वडाले देहाय वमोविजमका विषयमा सिफारिश वा प्रमाणित गर्ने:

    images
    images
    images

    १. नाता प्रमाणित
    २. नागरिकताको सिफारिश र
    नागरिकताको प्रतिलिपि लिनका
    लागि सिफारिश गर्ने ।
    ३. बहाल करको लेखाजोखा
    सिफारिश गर्ने ।
    ४. कोठा खोल्न रोहबरमा बस्ने ।
    ५. मोही लगत कट्टा सिफारिश गर्ने

    ६. घर जग्गा करको लेखाजोखा
    सिफारिश गर्ने ।
    ७. जन्म मिति प्रमाणित गर्ने ।
    ८. व्यापार व्यवसाय बन्द भएको
    वा संचालन नभएको वा ब्यापार
    व्यवसाय हुँदै नभएको सिफारिश
    गर्ने ।
    ९. मिलापत्र कागज गराउने निवेदन
    दर्ता सिफारिश गर्ने ।
    १०. विवाह प्रमाणित, अविवाहित
    प्रमाणित गर्ने ।
    ११. निःशुल्क वा सशुल्क स्वास्थ्य
    उपचार सिफारिश गर्ने ।
    १२. आफ्नो अधिकारक्षेत्रका
    विषयमा अंग्रेजी भाषामा सिफारिश
    तथा प्रमाणित गर्ने ।
    १३. घर पाताल प्रमाणित गर्ने ।
    १४. व्यक्तिगत विवरण प्रमाणित
    गर्ने ।
    १५. पुर्जामा घरकायम गर्ने
    सिफारिश गर्ने ।
    १६. फरक, फरक नाम, थर, जन्म
    मिति सिफारिश र प्रमाणित÷दुवै
    नाम गरेको व्यक्ति एकै हो भन्ने
    सिफारिश गर्ने ।
    १७. नाम, थर, जन्म मिति
    संसोधनको सिफारिश गर्ने ।
    १८. जग्गा धनीपुर्जा हराएको
    सिफारिश गर्ने ।
    १९. कागज र मन्जुरीनमा प्रमाणित
    गर्ने ।
    २०. कित्ताकाट सिफारिश गर्ने ।
    २१. संरक्षक प्रमाणित तथा
    संस्थागत र व्यक्तिगत संरक्षक
    सिफारिश गर्ने ।
    २२. जीवितसँगको नाता प्रमाणित
    गर्ने ।
    २३. हकवाला वा हकदार प्रमाणित
    गर्ने ।
    २४. नामसारी सिफारिश गर्ने ।
    २५. जग्गाको हक सम्बन्धी
    सिफारिश (सार्वजनिक, ऐलानी तथा
    पर्ति जग्गा बाहेक) गर्ने ।
    २६. मृतकसँगको नाता प्रमाणित,
    सर्जमिन, सिफारिश गर्ने ।
    २७. उद्योग ठाउँसारी सिफारिश
    गर्ने ।
    २८. जीवित रहेको सिफारिश गर्ने ।
    २९. पूर्व प्राथमिक विद्यालय
    खोल्ने सिफारिश गर्ने ।
    ३०. जग्गा मूल्यांकन सिफारिश
    प्रमाणित गर्ने ।
    ३१. विद्यालयको कक्षा बृद्धि
    सिफारिश गर्ने ।
    ३२. पालन पोषण सिफारिश गर्ने ।
    ३३. वैवाहिक अंगिकृत नागरिकता
    सिफारिश गर्ने ।
    ३४. आर्थिक अवस्था कमजोर वा
    विपन्नता प्रमाणित–आर्थिक
    अवस्था बलियो वा सम्पन्नता
    प्रमाणित गर्ने ।
    ३५. विद्यालय ठाउँसारी सिफारिश
    गर्ने ।
    ३६. धारा तथा विद्युत जडान
    सिफारिश गर्ने ।
    ३७. प्रचलित कानुन अनुसार
    प्रत्यायोजित अधिकार बमोजिमको
    अन्य सिफारिश वा प्रमाणित गर्ने ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।