Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

झापामा लुकाएर राखिएको करिब ३८ हजार किलो खरबुजाको बिउ बरामद

झापामा लुकाएर राखिएको करिब ३८ हजार किलो खरबुजाको बिउ बरामद

images
  • झापामा लुकाएर राखिएको करिब ३८ हजार किलो खरबुजाको बिउ बरामद
    images

    काठमाडौँ । झापाको भद्रपुर नगरपालिका-३ स्थित एक घरबाट अवैध रूपमा लुकाएर राखिएको ठूलो परिमाणको खरबुजाको बिउ प्रहरीले बरामद गरेको छ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार साँझ भद्रपुर-३ ज्ञानेचोक निवासी भीमलाल सुवेदीको घरका दुईवटा कोठामा अवैध रूपमा खरबुजाको बिउ लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

    images
    images
    images

    प्रहरी उपरीक्षक वसुन्धरा खड्काको नेतृत्वमा ५५ सदस्यीय प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी घरको खानतलासी गर्दा ४० किलोका दरले ९४८ बोरा, अर्थात् कुल ३७ हजार ९२० किलो खरबुजाको बिउ फेला पारेको प्रहरीले जनाएको छ ।

    images
    images

    बरामद गरिएको बिउ आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खरबुजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।