Logo

२०८३, कार्तिक २८गते


images
images

दुई महिनाभित्र हेटौंडा कपडा उद्योगको परीक्षण उत्पादन सुरु हुने

दुई महिनाभित्र हेटौंडा कपडा उद्योगको परीक्षण उत्पादन सुरु हुने

images
  • दुई महिनाभित्र हेटौंडा कपडा उद्योगको परीक्षण उत्पादन सुरु हुने
    images

    काठमाडौँ । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रिया अघि बढेको छ। उद्योग पुनः सञ्चालनका लागि गठित अध्ययन कार्यदलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई प्रतिवेदन बुझाएको छ।

    images
    images
    images

    प्रतिवेदनअनुसार नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। त्यसका लागि अर्थ मन्त्रालयले ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ। सेनाको प्राविधिक टोलीले उद्योगमा रहेका मेसिनको मर्मत, सरसफाइ तथा परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खरिदको काम पनि सुरु गरिसकेको छ।

    images
    images
    images

    उद्योगको भौतिक संरचना मर्मतका लागि ५० लाख रुपैयाँ लागत अनुमान तयार गरिएको छ भने विद्युत् प्रणाली मर्मतको काम पनि सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ।

    images
    images

    सरकारले प्रारम्भमा पुराना मेसिन मर्मत गरेर परीक्षण उत्पादन गर्ने र त्यसको नतिजाका आधारमा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी आवश्यक नीतिगत तथा कानुनी प्रक्रिया अघि बढाउने योजना बनाएको छ।

    प्रतिवेदन बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले हेटौंडा कपडा उद्योगको पुनः सञ्चालन सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै तोकिएको समयभित्र परीक्षण उत्पादन सुरु गर्न आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।